Headlines News :
Home » » आज श्रीकृष्ण जन्माष्टमी>>>>>>

आज श्रीकृष्ण जन्माष्टमी>>>>>>

Written By kantipur on Saturday, September 5, 2015 | 2:13 PM

भाद्र १८, २०७२- हिन्दु धर्मावलम्बीहरूले शनिबार मुलुकभर श्रीकृष्ण जन्माष्टमी पर्व मनाउँदैछन् । यस दिन श्रद्धालुहरू कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गर्छन् ।
ललितपुरमा भने यसपटक दरबार क्षेत्रस्थित प्रसिद्ध कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको मूर्ति दर्शन गर्न पाइने छैन । श्रद्धालुहरूले भगवान् श्रीकृष्णको पादुकामात्र दर्शन गरेर चित्त बुझाउनुपर्नेछ ।
भूकम्पका कारण मन्दिर जोखिमपूर्ण भएकाले भक्तजनलाई प्रवेश गर्न नदिई भगवान् श्रीकृष्णको चाँदीको पादुका मन्दिरसँगैको डबलीमा राखिने निर्णय भएको गुठी संस्थान ललितपुर शाखा कार्यालयका प्रमुख रुद्रनाथ अधिकारीले कान्तिपुरलाई बताए ।
जन्माष्टमीका अवसरमा राष्ट्रपति डा. रामवरण यादव कृष्ण मन्दिर गई श्रीकृष्णको दर्शन र प्रसाद ग्रहण गर्ने कार्यक्रम छ । भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा रोहणी नक्षत्रयुक्त भाद्रकृष्ण अष्टमीको मध्यरातमा मथुराको एक कारागारमा कंसकी बहिनी देवकीको कोखबाट भएको थियो । यस रातलाई मोहरात्रि भनिन्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger