Headlines News :
Home » » उनका अनुसार पहिलो हाफमा चलचित्रले दर्शकहरुलाई पेट मिची मिची हँसाउँछ भने दोस्रो हाफ्बाट आँखा मिची मिची रुवाउनेछ - See more at

उनका अनुसार पहिलो हाफमा चलचित्रले दर्शकहरुलाई पेट मिची मिची हँसाउँछ भने दोस्रो हाफ्बाट आँखा मिची मिची रुवाउनेछ - See more at

Written By kantipur on Saturday, September 5, 2015 | 2:07 PM

भाद्र २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र लव लबले यति बेला राम्रै चर्चा पाइरहेको छ । विशेषत चलचित्रका संवादहरु अहिले दर्शकहरुको मुख मुखमा झुण्डिरहेको छ ।
संवादलाई निशाना बनाएर प्रचार प्रसारमा दौडिरहेको चलचित्र यूनिट लव सबले दर्शकहरुलाई हँसाउने मात्र नभएर रुवाउने पनि दाबी गर्छ । त्यस्तै चलचित्रकी नायिका करिश्मा श्रेष्ठ भन्छिन्, ‘चलचित्रले दर्शकहरुलाई पेटमिची मिची हसाउँछ र चलचित्र हेरेपछि दर्शकहरु रुन पनि बाध्य बन्नुहुन्छ ।’ चलचित्र राम्रै बनेको दाबी गर्दै उनी अगाडी भन्छिन्, ‘म चलचित्रमा एकदमै साधारण यूवतीको भुमिकामा देखिदैछु । म बाहिरबाट काठमाडौं मामा माईजुसँग पढ्न आएको हुन्छु र जुन केटीलाई लव सबमा कुनै चासो नै हुदैन त्यस्तो यूवतीको भुमिकामा म देखिएको छु ।’ उनका अनुसार पहिलो हाफमा चलचित्रले दर्शकहरुलाई पेट मिची मिची हँसाउँछ भने दोस्रो हाफ्बाट आँखा मिची मिची रुवाउनेछ ।
karishma-taja
चलचित्र लव सब पारिवरिक चलचित्र भएका कारण सबैले एक पटक नछुटाइ चलचित्र हेर्नु पर्ने उनी बताउँछिन् । उनी अगाडी भन्छिन्, ‘चलचित्र लव सब पारिवरिक चलचित्र हो र यो चलचित्र सम्पुर्ण परिवार एकसाथ बसेर हेर्न मिल्ने बनेको छ ।’
कमेडी लभस्टोरी चलचित्र ‘लव सब’ मा संयम पुरी, सलोन बस्नेत, शिशिर भण्डारी, करिष्मा श्रेष्ठ, केके अधिकारी, अर्चना राई लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा देव कुमार श्रेष्ठको निर्देशन रहेको चलचित्र लव सबमा सुशील पोखरेल र नरेन्द्र महर्जनको संयुक्त लगानी छ ।










Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger