Written By kantipur on Thursday, September 24, 2015 | 12:58 PM
ताजाखबर । असोज ७ गते- इसाइ धर्मप्रति विश्वास राख्नेहरुको पवित्र धार्मिकगन्थ बाइबलमा उल्लेख भएको दाबी गरिएको जस्तो यो महिना अर्थात् ग्रेगेरियन क्यालेन्डरको सेप्टेम्बरमा मानव सभ्यताको अन्त्य हुन्छ त ? उक्त विवादास्पद सिद्धान्तले पृथ्वीको विध्वंश नजिकिसकेको संकेत गरेको छ । प्रलयको दिन भनिने उक्त भनाइले सेप्टेम्बर को २२ देखि २८ को बीचमा पृथ्वीसँग एउटा भीमकाय आकाशीय पिण्ड ठोक्किने र सबै ध्वस्त हुने दाबी गरिएको छ । तर, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले आगामी सय वर्षसम्म पृथ्वीलाई ध्वस्त पार्ने खालका कुनै आकासीय पिण्ड वा छुद्र ग्रह नभएको प्रस्ट पारेको छ । उत्तः कस्पिरेसी थ्यौरीले ३ मभहिना अगाडि मात्रै सेप्टेम्बरमा मानव सभ्यता ध्वस्त हुने भविष्यवाणी गरेको हो । आफूलाई गैगम्बर दाबी गर्दै आइरहेको रेव इफ्रेन राडिङग्वेजनामक १ जना व्यक्तिले सबैभन्दा पहिलो यो विनाशकारी प्रलयको दाबी गरेका थिए । उनले एउटा आकाशीय पिण्ड क्यारेवियनसागरस्थित प्युर्टो रिको टापुमा खस्ने र यसले पृथ्वीमा शक्तिशाली भूकम्प आउने र सबै विनाश हुने बताएका थिए । अन्य बाइबल समर्थकहरुले पनि यो घटनाको भविष्यवाणीलाई मान्यता दिएका छन् । यद्यपि वैज्ञानिकहरुले यो चेतावनीलाई अस्वीकार गरिसकेका छैनन् । उनीहरुले पछिल्ला अध्ययनमा कुनै पनि आकासीय पिण्ड पृथ्वीका लागि खतरा नदेखिएको जनाएका छन् । केही स–साना उल्कापिण्डहरु आए पनि पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जलेर भष्म हुने उनीहरुले बताए । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले पृथ्वीलाई खतरा हुने आकाशीय पिण्ड पत्ता लगाउने कार्यलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । उक्त नयाँ भविष्यवाणीलाई लिएर नासाका प्रवक्ताले भने,‘हाललाई कुनै पनि आकासीय पिण्ड पृथ्वीसँग नठोक्किने नासालाई थाहा छ । यस प्रकारको घटनाको आशंका अत्यन्त न्यून छ । नेपाल समाचारपत्र दैनिकमा खबर छ । - See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment