
|
ताजा खबर, अमेरिका । अमेरिकी राज्य टेक्सासकी एक महिलामाथि दुइटा आरोप लगाइएको छ र अदालतमा उनीविरुद्ध मुद्दा चलिरहेको छ । लागुऔषध ओसारपसारमा संलग्न पाइएकी ३१ वर्षीया एश्ले सेसिलिया कास्टानेडालाई योनीभित्र ‘लोडेड गन’ लुकाएको विषयमा समेत मुद्दा चलाइएको छ । उनी स्वयंले गन लुकाएको प्रहरीसमक्ष स्वीकार गरेको समाचारमा उल्लेख छ ।
गत साता ट्राफिक नियम पालना नगरेको पाइएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको कारको खानतलासी लिँदा लागुऔषध पाइएको थियो ।
प्रहरीचौकीमा लगेर थप केरकार गरिएपछि योनीभित्र आफूले लोडेड गन लुकाएर राखेको उनले खुलासा गरिन् । उनको भनाइ सत्य हो कि होइन भनी महिला प्रहरीले उनलाई नांगेझार बनाएर योनीभित्र चेकजाँच गरिहेर्दा प्वाइन्ट टूटू क्यालिबरको सेमिअटोमेटिक सटगन फेला परेको प्रहरीलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ । यसरी लोडेड गन योनीभित्र लुकाउनु प्राणघातक हुनसक्ने प्रहरीले जनाएको छ । ‘तिघ्राको चालका कारण योनीमा दबाब परेको भए गनको ट्रिगर दब्न सक्थ्यो र भित्रै पड्किन सक्थ्यो । यस्तो पागलपन कसैले गर्नु हुँदैन,’ एक प्रहरी अधिकारीले भने । साभार शुक्रवार साप्ताहिक
- See more at:
|
Post a Comment