
|

गृहमन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार निजी सवारीले तीन दिन इन्धन भर्न पाउने छैनन् । निजी सवारीका साथै स्कुल बस, ढुंगा बालुवाजस्ता सामाग्री ढुवानी गर्ने टिपर–ट्रकले पनि इन्धन पाउने छैनन् । सरकारी र सार्वजनिक तथा खाद्यान्न ढुवानी गर्ने सवारीसाधनले इन्धन पाउने छन् ।
यो निर्णय काठमाडौं उपत्यकाका लागि मात्रै हो । जिल्लामा भने सिडिओले नै आफ्नो अनुकुल अनुसार व्यवस्था गर्ने छन् ।
‘अभाव कम गर्न तीन दिनका लागि यो निर्णय गरिएको हो, अभाव कायम रहे अझै बढ्न सक्छ, तेल आयो भने भोलि नै यसमा पुनर्विचार गर्न सकिनेछ’ ढकालले भने ।
‘अभाव कम गर्न तीन दिनका लागि यो निर्णय गरिएको हो, अभाव कायम रहे अझै बढ्न सक्छ, तेल आयो भने भोलि नै यसमा पुनर्विचार गर्न सकिनेछ’ ढकालले भने ।
आज गृह मन्त्रालय र आपुर्ति मन्त्रालयका प्रतिनिधि, आयन निगम तथा सुरक्षा निकायका बीच भएको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले यसअघि अभाव कम गर्न कोटा प्रणाली लागु गरेको थियो ।
- See more at: 
|
Post a Comment