
|
अघिल्ला चारदिन स्थिर रहेको सुन तथा चाँदीको भाउमा मंगलबार भने गिरावट आएको छ । अघिल्लो दिनको भन्दा प्रतितोला सुनको भाउ ३ सय तथा चाँदीको भाउ १५ रुपैंयाँले घटेको हो ।
यसअनुसार प्रतितोला छापावाल सुन ५० हजार ७ सय, तेजावी सुन ५० हजार ४ सय ५० तथा चाँदी ६ सय ८५ रुपैंयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्ला दिनमा प्रतितोला छापावाल सुन ५१ हजार, तेजावी सुन ५० हजार ७ सय ५० र चाँदी ७ सय रुपैंयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमूल्यलाई पछ्याउँदै स्थानीय बजारमा पनि सुनचाँदीको भाउ घटेको हो ।

|
Post a Comment