
|
कपिलवस्तु, भदौ २० । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले धोतीका नामबाट प्रदेश दिए पनि आफुहरु राजी हुने बताउका छन् । आज कपिलवस्तुमा आयोजीत कार्यक्रममा बोल्दै महतोले पहाडेले जिस्काउने नाम धोती बाटनै हामीलाई प्रदेश दिए त्यसले हाम्रो सान बढ्ने थियो ।
यसैबिच हिजो संविधानको विधयेकमा शीर्ष दलले गरेका संयुक्त संशोधन प्रस्ताव आफुहरुलाई मान्य नहुने पनि उनले प्रस्ट्याए । उनले भने नेताहरुले मधेससँग ठूलो विश्वासघात गरेका छन् सिंगो मधेस आन्दोलित बनेको बेला संशोधन प्रस्तावबाट मधेसले धेरै आश गरे पनि पुरै निराशामा परिणत भएको छ ।
सो अवसरमा महतोले मधेशमा रहेका पहाडीको अधिकार खोसिन लागेकाले मधेश आन्दोलनमा पहाडी समुदायलाई जोडिन समेत उनले अपिल गरे ।

|
Post a Comment