
|
ताजाखबर, काठमाण्डौ। ठमेलको परिवेशमा तीन यूवा र एक युवतीबीचको प्रेम, रोमान्स तथा संस्पेन्स विषय वस्तुमा निर्माण भएको चलचित्र ठमेल डटकमको दोस्रो गीत रिलिज भएको छ । ठमेल डटकम बोलको उक्त ओएसटी गीतमा अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयको शब्द र सुवानी मुत्तानको स्वर रहेको छ ।
गीतमा सम्पदा बानियाँ देखिएकी छिन् । अनुप विक्रम शाही, प्रमोद अग्रहरी, नरेन खड्का र नीता पोखरेल लगायतका कलाकारहरु अभिनित चलचित्र ठमेल डटकमलाई प्रिवार, तिल्लहरी, ट्रक ड्राईभर, लक्ष्मीपुजा जस्ता सफल चलचित्र निर्देशन गरिसकेका अनुभवी निर्देशक राजकुमार शर्माले निर्देशन गरेका हुन् । कात्तिक ५ गते मोफसल र ६ गते राजधानीमा प्रदर्शन हुन लागेको यस चलचित्रमा उद्धव पौडेलले लगानी गरेका छन् ।
चलचित्र ठमेल डटकममा डटकममा राजेश पायल राई, माण्डवी त्रिपाठी, प्रल्हाद तिमिल्सिना देखि ख्यातीप्राप्त पप गायक अनिल सिंहले पनि पाश्र्व गायन, एन.बि.महर्जनको द्धन्द्ध निर्देशन, दयाराम पाण्डेको शब्द रचना, वसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, ब्रजेश खनालको पटकथा तथा सम्बाद रहेको छ भने चलचित्रलाई राजु विक्रम थापाले खिचेका हुन् । कविराज गहतराज र गोविन्द राईको कोरियोग्राफी रहेको यो चलचित्र काठमाण्डौं, दोलखा चरिकोट लागयतका ठाँउहरुमा छायांकन भएको छ ।
हेर्नुहोस् गीत:

|
Post a Comment