Headlines News :
Home » » मधेशी मोर्चाका पाँच नेता पक्राउ :- पूरा पढ्नुहोस्

मधेशी मोर्चाका पाँच नेता पक्राउ :- पूरा पढ्नुहोस्

Written By kantipur on Monday, September 14, 2015 | 2:41 PM

रौतहट। केही दिनयतादेखि रौतहटमा जारी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरी जिल्लाको शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै प्रहरीले आज अपराह्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका पाँचजना जिल्लास्तरीय नेतालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोर्चाका सदस्य एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष अजय गुप्ता, नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष शेष जमसेद, तराई मधेस लोकतान्त्रिक पार्टीका अनिल सिंह, सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामकिशोर यादव र रामेश्वरप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उनीहरुलाई गौर नगरपालिका–५ स्थित तराई मधेस लोकतान्त्रिक पार्टीका नेता एवम् जिविसका सभापति राजेन्द्रप्रसाद पटेलको घर बाहिर छलफल गरिरहेका बेला पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरुबारेमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए । उनले गौर आन्दोलनका क्रममा उनीहरुको प्रत्यक्ष संलग्नता रहेको पाइएकाले अनुसन्धानका लागि पक्राउ गरिउको बताए ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger