ओएस नेपाल, बनेपा, १९ भदौ – काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा झन्डै १० हजार कन्या पुजिएका छन् । एक सय तेइस वर्षदेखि परम्परागत रुपमा श्रीकृष्णजन्माष्टमीको दिन कन्या पूजा हुँदैआएको जिल्लामा बनेपामा मात्रै करिब आठ हजार कन्या पुजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिनुभयो ।रजस्वला नभएका कन्याको पूजा गर्दा कन्याहरु निरोगी हुने, सुख प्राप्त हुने र कन्यालाई दानदक्षिणा दिनेको मनुष्य जीवन सफल हुने विश्वास रहेको सचिव वैद्य बताउनुहुन्छ ।
विसं १९५९ भाद्र कृष्ण सप्तमीको दिनदेखि सुरु भएको कन्या पूजा जिल्लाको उग्रचण्डीनाला, साँगा, दाप्चा, पनौतीलगायतका क्षेत्रमा भएको छ । कन्या पूजाका लागि आफ्ना आमाहरुले बनेपामा बालिकालाई लाममा राखेका छन् । कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या, किचकन्या मानव कन्याका भेषमा आउने भएकाले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरी माईको कुमारी मानी पूजा गरेमा मोक्ष प्राप्त हुने जनविश्वाससमेत रहेको छ । कन्या पूजाका लागि काभ्रेपलाञ्चोकबाहेक सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाबाट समेत दर्शनार्थी बनेपा आएका छन् । रासस
- See more at: http://www.osnepal.net/95771#sthash.bWbR0HBc.dpuf
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment