सिरहाको विष्णुपुरकट्टी गाविसमा विहीवार राति लहान प्रहरी र गाजा तस्कर बीच दोहोरो गोली हानाहान भएको छ । विष्णपुरकट्टी १ डगरटोल नजिक ४ वटा बोरामा ल्याइदै गरेको गाजा सहितको तस्करलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर बीच विहीवार राति १२ : ४५ को समयमा गोली हानाहान भएको थियो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटि गएको प्रहरी निरीक्षक चन्द्र राजबंशी नेतृत्वको टोलीले तस्कर संग दोहोरो गोली हानाहान पछि ८८ किलोग्राम गाजा सहित दुई जना पेशेबर तस्करलाई पक्रेको छ । पक्राउ परेका दुई जना तस्कर मध्ये दोहोरो गोली हानाहानको क्रममा प्रहरीको गोली लागी एक जना घाइते भएका छन् । पक्राउ पर्नेमा सिरहाकै मुक्सार गाविस १ बस्ने बर्ष ३५ का गंगा बहादुर मगर र सोही ठाउका बर्ष ४८ का खिन बहादुर मगर रहेका छन् ।
लहान प्रहरी प्रमुख उमाप्रसाद चर्तुवेदीका अनुसार प्रहरी टोलीमाथि तस्करले पेस्तोलबाट अन्धाधुन्ध गोली प्रहार गरेपछि प्रहरीले गरेको प्रतिकारमा पक्राउ परेका गंगा बहादुर मगरको बाया तिघ्रामा गोली लागेको छ । उनको लहान अस्पतालमा उपचार भइरहेको छ ।
विष्णपुरकट्टी हुदै भारत गाजा तस्करी भइरहेको पूर्व सूचना पाएको लहान प्रहरीले करिब एक हप्ता देखि मध्यराति सो क्षेत्रमा खटिदै आएको लहान प्रहरी प्रमुख चर्तुवेदीले बताउनुभयो । वहाका अनुसार पक्राउ परेका गंगा बहादुर मगरको साथबाट एक थान यु.एस.ए. पेस्तोल र ६ राउण्ड गोली समेत बरामद भएको छ ।
गाजा तस्करी हुने बाटोको रुपमा सिरहाको विष्णपुरकट्टी गाविसको विभिन्न बाटो प्रयोग भइरहेको आरोप खेपिरहेको सिरहा प्रहरीले पहिलो पटक तस्कर सहित गाजा पक्राउ गर्न सफल भएका छन् । प्रहरीले यसअघि पटक पटक ठूलो परिमाणको गाजा बरामद गरेपछि तस्करलाई पक्राउ गर्न सकेका थिएनन् ।
No comments:
Post a Comment