Headlines News :
Home » » यि ८ घटनाले गोर्खाली सेना यो ग्रहकै सबैभन्दा भयानक हुन् भन्ने प्रमाणित गर्छ - See more at:

यि ८ घटनाले गोर्खाली सेना यो ग्रहकै सबैभन्दा भयानक हुन् भन्ने प्रमाणित गर्छ - See more at:

Written By kantipur on Saturday, September 19, 2015 | 12:29 PM

एजेन्सी – बेलायतमा गोर्खाली सेनाले सेवा गर्न थालेको २ सय वर्ष पूरा भएको अवसरमा गोर्खा सैनिकको बहादुरीको वर्णनले बेलायती अखबारहरु भरिए । ती मध्ये केहीले गोर्खा सैनिक कति भयानक हुन्छन् भन्ने बुझ्न केही घटनाहरु उल्लेख गरेका छन् । घटनामध्ये पनि ८ घटना यस्ता पनि छन् जसले गोर्खा सैनिकको बहादुरीका अगाडि जो कोही झुक्न बाध्य हुन्छ ।
1सन १८१५ मा बेलायती सेनाले नेपालमाथि धावा बोल्यो । तर बेलायतीहरु गोर्खालीबाट सजिलै पराजित भए । त्यसपछि बेलायती सेनाका अधिकारीहरुले सोचे कि यदि गोर्खालीलो पराजित गर्न सकिदैन भने उनीहरुलाई आफ्नो सेनामा सामेल गर्न अवश्य सकिन्छ । त्यसपछि नेपाल र बेलायतबीच भएको शान्ति सम्झौतामा नेपाल गोर्खालीलाई बेलायती शाही सेनामा भर्ति हुने स्वीकृति दियो । त्यसपछि पहिलो र दोस्रोसहित गोर्खाली सेनाले कैयन युद्ध लडे । त्यस मध्येको फकल्याण्ड युद्ध त बेलायतीहरुले जीवनभर नबिर्सने युद्ध गोर्खालीले लडिदिए । अहिले गोर्खाली सेना यो ग्रहकै सबैभन्दा भयानक हुन्छन् भन्ने प्रमाणित भएको छ ।
गोर्खाली सेनाका केही बहादुरीपूर्ण घटनाहरु यस्ता छन्ः2
Gurkha 8१. सन २०१० मा अफगानिस्तानमा गोर्खाली सैनिक दिपप्रसाद पुन एक्लैले ३० तालिबानी लडाकुको एक चिहान बनाए । उनी चेकपोइन्टको छतमा बसेर ड्युटी गरिरहेका थिए । ठीक त्यहीबेला तालिबानीले एके फोर्टी सेभेन, ग्रिनेड जस्ता घातक हतियारसहित चारैतिरबाट धावा बोले । दिपप्रसादलाई मार्न तालिबानीहरु छतमा चढ्न खोजे । तर उनले आफूसँग भएको १७ ग्रिनेड, ४ सय राउन्ड गोलीले ३० जना तालिबानीलाई एक एक गरी भूँईमा बजारी दिए । पुनको बहादुरीलाई बेलायतमा उच्च बहादुरीका लागि दिइने भिक्टोरिया क्रसबाट सम्मान गरियो ।
3Gurkha 2२. सन् २००८ मा गोर्खा सैनिकको एक टोली अफगानिस्तानमा एम्बुसमा पर्यो । घटनामा युवराज राई नराम्ररी घाइते भए । क्याप्टेन गजेन्द्र आङदाम्बे, राइफलम्यान धन गुरुङ र मञ्जु गुरुङले युवराजलाई ३२५ फिट माथि खुला स्थानमा बोकेर पुर्याए । टोलीका एक गोर्खाली भने घाइते युवराजको र आफ्नो राइफल बोकेर सत्रुसँग लड्न फर्किए ।
4Gurkha 4३. सन १९४५ मा राइफल म्यान लक्ष्मण गुरुङ आफ्ना दुई साथीहरुसँग आफ्नो मोर्चामा थिए । त्यहीबेला २०० जापानी सेनाले फायर खोलिदियो । गुरुङका दुवै साथीहरु नराम्रोसँग घाइते भए । जापानी सेनाले गुरुङको सानो समूहमा ग्रिनेड फ्याक्न थाल्यो । गुरुङले सुरुका दुईवटा ग्रिनेड जापानी सेनाकै समूहमा फर्काइदिए । तर जब तेस्रो ग्रिनेड फकाउन खोजे त्यो गुरुङको दाहिने हातमा विष्फोट भयो । विष्फोटमा गुरुङका औलाहरु, दाहिने पाखुरा र अनुहारमा गहिरो चोट लाग्यो । त्यसपछि जापानी सेना गुरुङकै शिविरमा अघि बढ्यो । तर गुरुङले देब्रे हातले राइफल चलाएर ३१ जापानीलाई मृत्युको घाटमा पुर्याइदिए । त्यसपछि बाँकी जापानीले अघि बढ्ने हिम्मत गरेनन् । सो युद्धमा गुरुङको विजयी भयो । उनले पछि भिक्टोरिया क्रस प्राप्त गरे ।
5Japan४. भानुभक्त गुरुङ एक त्यस्ता योद्धा थिए जसले दोस्रो विश्वयुद्धमा एक्लैले बर्मामा जापानी सेनालाई हायलकायल पारेका थिए । जापानी सेनाको सबैजसो बंकर एक्लैले कब्जा गर्ने भानुभक्तलाई पनि भिक्टोरिया क्रसबाट सम्मान गरिएको थियो । भानुभक्तको प्लाटुनमा जब १० जनामात्रै थिए, त्यहीबेला जापानी सेनासँग घमासान युद्ध भयो । भानुभक्तको प्लाटुनलाई जापानीहरुले राइफल, ग्रिनेड, मोर्टारले प्रहार हुन थाल्यो । केही लुकेर प्रहार गर्नेहरुले पनि गरे । भानुभक्तले पनि एक रुखमा लुकेर जापानी सेनाको बंकरमा गोलाबारुद वर्षाउन थाले । आफ्ना अन्य साथीहरुकै अगाडि उनी बंकरमा अगाडि बढे । दुईवटा ग्रिनेड प्रहार गरेर जापानीको हौसलामा क्षतविक्षत पारिदिए । आफ्नो खुकुरीले दुई जापानी सत्रुको गर्दन छिनाए । अर्को एकलाई ढुंगाले हिकाएर समाप्त पारिदिए । फेरि आक्रमणमा उत्रेका तीन जापानीलाई उनले गोलीको निसाना बनाए ।
6Gurkha 6५. बेलायती सेनामा गजे घलेको ठूलो ख्याती छ । सन १९४३ मा बर्माकै लडाइमा जापानी र बमेली सेनाको अखडा कब्जा गर्न दुई पटक गोर्खा सैनिक असफल भइसकेको थियो । तेस्रो पटकका लागि घलेलाई जिम्मेवारी दिइयो । तर घले आफै घाइते थिए । उनको पाखुरा र खुट्टामा चोट थियो । तर पनि उनले आफ्ना दुश्मनहरुलाई एक एक गरी सिध्याए । त्यो बहादुरी स्वरुप बेलायतले गजे घलेलाई भिक्टोरिया क्रसले सम्मान गर्यो ।
7Gurkha 11६. गोर्खालीको बहादुरी देखेर बेलायतका एक कर्णेल नै एक पटक कायल भएका थिए । सन १९४३ मा जर्मन सेनाविरुद्ध ट्युनिसियामा युद्ध छेडियो त्यसबेला गोर्खाली सेनाको नेतृत्व कर्णेल जोन पिटरले गरेका थिए । युद्ध चर्किदै गयो । दोहोरो हानाहानमा गोर्खाली सेना खुकुरी लिएर मेसिनगन चलाइरहेका जर्मन सेनामाथि जाइलागे । युद्धमा कर्णेल जोन पनि घाइते भए । तर युद्ध नजिति उपचार गर्दीन भनेर अडान लिए । अन्ततः युद्ध जिते । कर्णेल जोनले पनि ठूलो सम्मान पाए ।
8Gurkhaa 5७. सन २०११ मा ३५ वर्षका रिटायर्ट गोर्खा सैनिक बिष्णु श्रेष्ठ भारतमा रेल यात्रा गरिरहेका थिए । डाकाहरुले रेल बाटो मै कब्जा गरे । त्यसपछि डाकाहरुले यात्रुका सबै रुपैयाँ, गहना लुट्न थाले । विष्णु निहत्था थिए तर उनको साथमा एउटा खुकुरी चाहिँ थियो । विष्णुले आफ्नो खुकुरी झिकेर डाकाहरुमाथि एक्लै जाइलागे । उनले तीन भारतीय डाकालाई मुला काटे झै काटेर सिध्याइदिए । आठ जनालाई उठ्नै नसक्ने गरी मुर्छीत पारे । जबकी डाकाहरुसँग खुडा, तरबार र पेस्तोलसमेत थियो । तीन जनालाई काटे पछि बाँकी डाका भागे । त्यो घटनामा रेलका महिलाहरुलाई बलात्कारबाट समेत विष्णुले जोगाए । त्यसबेला विष्णुको बहादुरीको प्रशंसा भारतीय मिडियामा धेरै भएको थियो ।
9Gurkha 10८. इन्डोनेसियाको बोर्नेओमा सन १९६५ मा तनाव बढिरहँदा क्याटेन रामबहादुर लिम्बुले तीन पटक सत्रुको किल्लामा आक्रमण गरे । पहिलो आक्रमणमा धेरै गोलाबारी भयो । सो क्रममा दुई गोर्खाली सैनिकलाई गोली लाग्यो । एकको मृत्यु नै भयो । धेरै घाइते भए । सत्रुपक्षले फाइदा लिनु अघि नै लिम्बुले ग्रिनेड प्रहार गरे । उनी एक्लैले ग्रिनेड प्रहार गर्दै सत्रुहरुलाई युद्धमैदानबाट १०० यार्ड पर धकलिदिए । त्यसपछि लिम्बुले आफना घाइते साथीहरुलाई गोलाबारीबीच बोकेर १०० यार्ड वर सुरक्षित स्थानमा ल्याए । उनको त्यो साहसलाई बेलायतले भिक्टोरिया क्रस दियो । sorce – kathmandu today
- See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger