Headlines News :
Home » » नाचगान र दिपावली जरुरी छैन : भट्टराई

नाचगान र दिपावली जरुरी छैन : भट्टराई

Written By kantipur on Saturday, September 19, 2015 | 12:23 PM

आश्विन २, २०७२- संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईले मधेसी, थारु, जनजाति लगायतका असन्तुष्ट पक्षको माग सम्बोधन नगरी संविधान आएकोमा नाचगान र दीपावली मनाइहाल्नु नपर्ने तर्क गरेका छन् । संविधान आएकोमा मुलभूत रुपमा खुसी रहे पनि दिपावली नै गर्नुपर्ने अवस्था नरहेको बताए ।
‘ठूलो हिस्सा र जनसंख्या ओगटेको मधेसी समुदायलाई पनि विश्वासले लिएर संविधान जारी गर्न सक्नुपथ्र्यो, त्यो सम्भव भएन,’ धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती अवलोकन गर्न पाँचखाल १६ पहरीगाउँ पुगेका उनले भने, ‘ती असन्तुष्टिलाई सम्बोधन गरेर अहिलेको उपलब्धिलाई सकरात्मक लिँदै सबैको समर्थन जुटाएर संविधान जारी गर्नुपर्छ भन्ने मेरो कुरा हो ।’
संविधान निर्माणमा भारतलाई पनि स्पेस दिन चाहेको चर्चाको उनले ‘मनगढन्ते फतुरहरु’ले चलाएको हल्लाको संज्ञा दिए । ‘वैचारिक रुपमा नसकेपछि मलाई सिध्याउन चाहनेहरुले चलाएको हल्ला हो,’ उनले भने, ‘मधेसी, थारु जस्ता काला बर्णका मानिसलाई गैरनेपाली (भारतीय) देख्ने एउटा जमात पनि छ ।’ उनले संविधान निर्माणको लागि भारतले लिएको चासोलाई अस्वभाविक रुपमा लिन नहुने बताए । ‘घरमा झगडा भएपछि छिमेकीले खेल्न खोज्नु स्वभाविक हो,’ उनले भने, आफ्नो देशको संविधान बनाउने अधिकार आफैँलाई हुन्छ, तर चासो राख्दा उत्पात नै भयो भन्ने पनि सोच्नुहुन्न ।’
आफू नेतृत्वमा कतिपय बिषयमा सहमति खोजिएको भन्दै उनले संविधान रोक्न खोजेको कुराको खण्डन गरे ।  संविधान जारी गर्न राष्ट्रपतिको भूमिका नभएकोमा संशोधन गरेर जारी गर्ने अधिकार दिइएको उल्लेख गर्दै उनले राष्ट्रपतिलाई दलहरुले बोल्न अंकुश लगाएको कुरामा विवाद नगर्न आग्रह गरे । संविधान जारी भएपछि सर्वदलीय सरकार बाहेक बहुमतीय सरकारमा आफू सामेल नहुने उनले बताए ।
एकीकृत बस्तीको अवलोकन गरेपछि उनले धुर्मुस् र सुन्तली नेतृत्वको टोलीलाई धन्यवाद दिए । ‘सरकारले नमूना बनाएर अरुले लागू गराउनुपर्नेमा यहाँ उल्टो भयो, उनले भने, अब यो मोडल सरकारले फलो गर्नुपर्छ । संविधान निर्माण सकिएकोले मुलुक अब नवनिर्माण र पुनर्निर्माणमा जुट्नुपर्ने उनले बताए । प्राधिकरणका प्रमुख कार्यकारी गोविन्द पोखरेलले आफूसँग सल्लाह लिएको बताउँदै आवश्यक सल्लाह सुझाव र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । पहरी बस्तीमा नै खाना आएर उनी फर्किए ।
सरकारले एकीकृत बस्तीको खाका नबनाउँदै मेरी बास्सै, भद्रगोलका कलाकार र सगुन डटकमको टोलीले पाँचखाल १६ पहरीगाउँमा एकीकृत नमूना बस्ती बसाएको थियो । पहरी गाउँमा एकैनासका घरभित्रै शौचालय भएको बगैँचा सहितको ३ कोठे पक्की २० घर छन् । प्रत्येक घरको लागि खानेपानी धारा र बस्तीमा ५ बायोग्यास प्लाट जडान गरी सबै घरमा व्यवस्था गरिएको छ ।
पलाञ्चोक भगवती मन्दिरमा दैनिक फूलको व्यवस्था गर्ने र जात्राहरुमा खट बोक्ने कामका लागी पलाञ्चोकमा गुठी जग्गामा बसेका पहरीहरुको नाममा कुनै जग्गा छैन । बाबुबाजेको नाममा रहेको गुठीको जग्गामा नै उनीहरुले भोगचलन गर्दै आएका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger