सिन्धुलीमाडीको स्थानीय लोकतान्त्रिक चोकबाट सुरु गरिएको सामूहिक र्यालीले माडी बजारका विभिन्न भागहरुमा परिक्रमा नयाँ संविधानको स्वागत गरेका थिए ।
यस्तै,
पर्वतमा पनि विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था, उद्योगी–व्यापारी र सर्वसाधारणले संयुक्तरुपमा विजयोत्सव मनाएका छन् ।
कुश्माको बड्गाउँबाट मगर समुदायले सोरठी नाचसहित र ब्राम्हण, क्षेत्री समुदायले भजन–कीर्तनसहित निकालेको र्यालीले कुश्माबजार परिक्रमा गरेको थियो ।
यस्तै, सुदूरपूर्वको ताप्लेजुङमा पनि पञ्चेबाजासहितको झाँकी निकालेर संविधानको भव्य स्वागत गरिएको छ ।
रामेछापमा पनि संविधानको स्वागत गर्दै र्याली एवं प्रवचन कार्यक्रको आयोजना गरिएको छ ।
झापाका सातओटै निर्वाचन क्षेत्रमा सोमबार संविधानको भव्य स्वागत गरिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको अग्रसरतामा सातओटै निर्वाचन क्षेत्रमा सभा आयोजना गरिएको हो । विर्तामोडमा क्षेत्र नम्बर २ र ४ को संयुक्तसभा आयोजना गरिएको थियो ।
कैलालीको धनगढीमा पनि संविधानको खुुसी साटासाट गरिएको छ । संयुक्तरुपमा आयोजना गरिएको खुसियाली कार्यक्रममा विभिन्न दलका नेता, कार्यकर्ता तथा स्थानीयहरु हजारौंको संख्यामा सहभागी थिए ।
भदौ ८ गते देखिको कर्फ्यु र निषेधाज्ञाका बाबजुद यहाँका स्थानीय र नेता तथा कार्यकर्ताहरुले सोमबार धनगढीमा रहेको ओम प्यालेसमा खुसी साटासाट गरेका हुन् ।
यस्तै, कन्चनपुरमा पनि राजनीतिक दलहरुले सोमबार संयुक्त रुपमा सदमुकाम महेन्द्रनगरमा विशाल र्याली निकाली खुसियाली मनाएका छन् । र्यालीमा संविधानको विरोधमा रहेको भनिएका थारु समुदायकोसमेत उल्लेख्य सहभागिता थियो ।
संविधान बनेको खुसियालीमा हेल्प नेपाल कन्चनपुरले गड्डाचौकीमा लड्डु वितरण गरेको छ । गड्डाचौकी नाका हुँदै आवत–जावत गर्नेहरुलाई लड्डु बाँडिएको थियो ।
नयाँ संविधान २०७२ को स्वागत तथा विश्व शान्ति दिवसको अवसरमा सोमबार इलाममा विविध कार्यक्रमहरु गरिएको छ ।
शुक्रबारमात्र जारी भएको संविधानको स्वागतमा राजनीतिक दल, उद्योगी, व्यवसायी, पेशाकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था, विद्यार्थीलगातको सहभागितामा इलाममा गाउँ–गाउँदेखि सदरमुकाम सम्म कार्यक्रमहरु सम्पन्न भए ।
गुल्मीमा पनि पञ्चेबाजासहितको झाँकी निकालेर नयाँ संविधानको खुसियाली मनाइएको छ । विभिन्न राजनीतिक दल र स्थानीयहरुले कार्यक्रम गरेका हुन् ।
बाजुरा सदरमुकाम मार्तडीमा सोमबार र बिहानैदेखि बाजागाजासहितको र्याली निकालिएको छ ।
धनकुटामा नयाँ संविधानको स्वागतमा विजय र्याली तथा विरोधमा केहि स्थानमा विरोधसभा आयोजना गरिएको छ ।
बर्दियामा पनि संविधानको स्वागतमा भव्य कार्यक्रम गरिएको छ । थारु र मधेसीहरुले विरोध जारी राखेपनि भव्य कार्यक्रम गरिएको थियो ।
चितवन राजनीतिक दलहरुको संयुक्त पहलमा संविधानको स्वागत कार्यक्रम गरियो ।
कार्यक्रममा बोल्दै एमाले नेता सुरेन्द्र पाण्डेले बन्द, हडतालबाट समस्या समाधान नहुने भन्दै विचार–विमर्श गरेरै समस्याको समाधान खोज्नुपर्ने बताए ।
बुटवलका विभिन्न ठाउँमा स्वागत सभा तथा र्याली गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादीले संयुक्त र्याली र सभाको आयोजना गरी संविधानको स्वागत गरेका हुन् ।
भैरहवा, बुटवल, देवदह, सालझण्डी, सैनामैना, मणिग्रामलगायतका स्थानमा सभा, ¥याली गरी संविधानको स्वागत गरिएको थियो ।
हुम्लाको सदरमुकाम सिमिकोटमा नयाँ संविधान घोषणा भएको खुसियालीमा संयुक्त र्यालीसहित आमसभा गरिएको छ ।
स्थानीय बाजागाजासहित निकालिएको ¥यालीमा साँस्कृतिक प्रस्तुतिसमेत देखाइएको थियो ।
जुुम्लामा पनि हर्षोल्लासका साथ संविधानको स्वागत गरिएको छ ।
यस्तै, डडेल्धुराका पनि विभिन्न स्थाननहरुबाट स्वागत र्याली निकालिएको छ ।
नवलपरासीमा पनि नयाँ संविधानको स्वागतमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । विशेष गरी नवलपुर क्षेत्रमा सर्वसाधारणले स्वतःस्फूर्तरुपमा स्वागत कार्यक्रम गरेका हुन् ।
यस्तै, बारा सदरमुकाम कलैयामा नया संविधानको विरोध भैरहँदा जिल्लाका थुप्रै स्थानमा संविधानको स्वागतमा दिनभर र्यालीसहित कार्यक्रम गरिएको छ ।
जाजरकोटमा पनि खुसियाली र्यालीसहित कार्यक्रम गरिएको छ ।
यस्तै, ओखलढुंगामा पनि सोमबार जिल्लास्थित पाँचओटा टा राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायहरु, उद्योगी, व्यापारीले संविधानको स्वागतमा विविध कार्यक्रम आयोजना गरेका छन् ।
No comments:
Post a Comment