Headlines News :
Home » » जिल्ला–जिल्लामा खुसियाली, थारु पनि सहभागी, कहाँ–के भयो ? (भिडियोसहित) गड्डाचौकी नाका हुँदै आवत–जावत गर्नेहरुलाई लड्डु बाँडिएको थियो- See more at:

जिल्ला–जिल्लामा खुसियाली, थारु पनि सहभागी, कहाँ–के भयो ? (भिडियोसहित) गड्डाचौकी नाका हुँदै आवत–जावत गर्नेहरुलाई लड्डु बाँडिएको थियो- See more at:

Written By kantipur on Tuesday, September 22, 2015 | 7:23 AM

काठमाडौं, असोज ४ । संविधान घोषणा भएको खुसियालीमा सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा मुसलधारे वर्षाकाबीचमै पनि सोमबार बाजागाजाका साथ सामूहिक र्‍याली र अवीर जात्रा गरिएको छ ।

सिन्धुलीमाडीको स्थानीय लोकतान्त्रिक चोकबाट सुरु गरिएको सामूहिक र्‍यालीले माडी बजारका विभिन्न भागहरुमा परिक्रमा नयाँ संविधानको स्वागत गरेका थिए ।

यस्तै, तेह्रथुममा पनि संविधान जारी भएको खुसियालीमा सदरमुकाम म्याङलुङमा भव्य स्वागत गरिएको छ ।

पर्वतमा पनि विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था, उद्योगी–व्यापारी र सर्वसाधारणले संयुक्तरुपमा विजयोत्सव मनाएका छन् ।

कुश्माको बड्गाउँबाट मगर समुदायले सोरठी नाचसहित र ब्राम्हण, क्षेत्री समुदायले भजन–कीर्तनसहित निकालेको र्‍यालीले कुश्माबजार परिक्रमा गरेको थियो ।

यस्तै, सुदूरपूर्वको ताप्लेजुङमा पनि पञ्चेबाजासहितको झाँकी निकालेर संविधानको भव्य स्वागत गरिएको छ ।

रामेछापमा पनि संविधानको स्वागत गर्दै र्‍याली एवं प्रवचन कार्यक्रको आयोजना गरिएको छ ।

झापाका सातओटै निर्वाचन क्षेत्रमा सोमबार संविधानको भव्य स्वागत गरिएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीको अग्रसरतामा सातओटै निर्वाचन क्षेत्रमा सभा आयोजना गरिएको हो । विर्तामोडमा क्षेत्र नम्बर २ र ४ को संयुक्तसभा आयोजना गरिएको थियो ।

कैलालीको धनगढीमा पनि संविधानको खुुसी साटासाट गरिएको छ । संयुक्तरुपमा आयोजना गरिएको खुसियाली कार्यक्रममा विभिन्न दलका नेता, कार्यकर्ता तथा स्थानीयहरु हजारौंको संख्यामा सहभागी थिए ।

भदौ ८ गते देखिको कर्फ्यु र निषेधाज्ञाका बाबजुद यहाँका स्थानीय र नेता तथा कार्यकर्ताहरुले सोमबार धनगढीमा रहेको ओम प्यालेसमा खुसी साटासाट गरेका हुन् ।

यस्तै, कन्चनपुरमा पनि राजनीतिक दलहरुले सोमबार संयुक्त रुपमा सदमुकाम महेन्द्रनगरमा विशाल र्‍याली निकाली खुसियाली मनाएका छन् । र्‍यालीमा संविधानको विरोधमा रहेको भनिएका थारु समुदायकोसमेत उल्लेख्य सहभागिता थियो ।

संविधान बनेको खुसियालीमा हेल्प नेपाल कन्चनपुरले गड्डाचौकीमा लड्डु वितरण गरेको छ । गड्डाचौकी नाका हुँदै आवत–जावत गर्नेहरुलाई लड्डु बाँडिएको थियो ।

नयाँ संविधान २०७२ को स्वागत तथा विश्व शान्ति दिवसको अवसरमा सोमबार इलाममा विविध कार्यक्रमहरु गरिएको छ ।

शुक्रबारमात्र जारी भएको संविधानको स्वागतमा राजनीतिक दल, उद्योगी, व्यवसायी, पेशाकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्था, विद्यार्थीलगातको सहभागितामा इलाममा गाउँ–गाउँदेखि सदरमुकाम सम्म कार्यक्रमहरु सम्पन्न भए ।

गुल्मीमा पनि पञ्चेबाजासहितको झाँकी निकालेर नयाँ संविधानको खुसियाली मनाइएको छ । विभिन्न राजनीतिक दल र स्थानीयहरुले कार्यक्रम गरेका हुन् ।

बाजुरा सदरमुकाम मार्तडीमा सोमबार र बिहानैदेखि बाजागाजासहितको र्‍याली निकालिएको छ ।

धनकुटामा नयाँ संविधानको स्वागतमा विजय र्‍याली तथा विरोधमा केहि स्थानमा विरोधसभा आयोजना गरिएको छ ।

बर्दियामा पनि संविधानको स्वागतमा भव्य कार्यक्रम गरिएको छ । थारु र मधेसीहरुले विरोध जारी राखेपनि भव्य कार्यक्रम गरिएको थियो ।

चितवन राजनीतिक दलहरुको संयुक्त पहलमा संविधानको स्वागत कार्यक्रम गरियो ।

कार्यक्रममा बोल्दै एमाले नेता सुरेन्द्र पाण्डेले बन्द, हडतालबाट समस्या समाधान नहुने भन्दै विचार–विमर्श गरेरै समस्याको समाधान खोज्नुपर्ने बताए ।

बुटवलका विभिन्न ठाउँमा स्वागत सभा तथा र्‍याली गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादीले संयुक्त र्‍याली र सभाको आयोजना गरी संविधानको स्वागत गरेका हुन् ।

भैरहवा, बुटवल, देवदह, सालझण्डी, सैनामैना, मणिग्रामलगायतका स्थानमा सभा, ¥याली गरी संविधानको स्वागत गरिएको थियो ।

हुम्लाको सदरमुकाम सिमिकोटमा नयाँ संविधान घोषणा भएको खुसियालीमा संयुक्त र्‍यालीसहित आमसभा गरिएको छ ।

स्थानीय बाजागाजासहित निकालिएको ¥यालीमा साँस्कृतिक प्रस्तुतिसमेत देखाइएको थियो ।

जुुम्लामा पनि हर्षोल्लासका साथ संविधानको स्वागत गरिएको छ ।

यस्तै, डडेल्धुराका पनि विभिन्न स्थाननहरुबाट स्वागत र्‍याली निकालिएको छ ।

नवलपरासीमा पनि नयाँ संविधानको स्वागतमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । विशेष गरी नवलपुर क्षेत्रमा सर्वसाधारणले स्वतःस्फूर्तरुपमा स्वागत कार्यक्रम गरेका हुन् ।

यस्तै, बारा सदरमुकाम कलैयामा नया संविधानको विरोध भैरहँदा जिल्लाका थुप्रै स्थानमा संविधानको स्वागतमा दिनभर र्‍यालीसहित कार्यक्रम गरिएको छ ।

जाजरकोटमा पनि खुसियाली र्‍यालीसहित कार्यक्रम गरिएको छ ।

यस्तै, ओखलढुंगामा पनि सोमबार जिल्लास्थित पाँचओटा टा राजनीतिक दल, नागरिक समाज, सरकारी तथा गैरसरकारी निकायहरु, उद्योगी, व्यापारीले संविधानको स्वागतमा विविध कार्यक्रम आयोजना गरेका छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger