Thursday, October 8, 2015

नायिका प्रियंका कार्की दुर्घटनामा परिन्

फिल्म ‘माला’ छयांकनको क्रममा नायिका प्रियंका कार्की दुर्घटनामा परेको तथ्य खुलेको छ । फिल्मका निर्माता कलाकार शिशिर रानाले यसबारेमा बताएका हुन ।

शिशिरले प्रियंका पानीमा डुबुल्की मारेको सट खिच्ने क्रममा साँच्चै पोखरीमा डुब्न पुगेको बताए । उनले सम्झदै भने- ‘माघ ७ गतबर्ष गतेबाट फिल्मको सुटिङ सुरु गरेका हौ । माघ ८ गते नै यस्तो घट्ना भयो ।’ उनले थपे- ‘प्रियंकाले पहिलेदेखि नै अलि बिसन्चो भइरहेको बताइरहेकी थिइन ।

त्यो दिन खाजा पनि अलि ढिलो भएको थियो । सट लिन पोखरीमा पस्नेबितिकै उनी साँच्चै डुबिन । हामी धेरै आत्तियौँ । पोखरीबाट बल्ल तल्ल निकालियो र आराम गरायौँ ।’ शिशिरले काभ्रे र भक्तपुर को सिमानामा पर्ने एक गाँऊको खोँचमा यस्तो घटना भएको सुनाए । उनले फिल्म खिच्दा निकै दुख र कष्टहरु ब्यहोर्नु परेको पनि बताए । नक्षत्र फिल्मको ब्यानरमा बनेको मालालाई सुदिप भुपाल सिंहले निर्देशन गरेका हुन । फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सुमिना घिमिरे, शिशिर राना लगायतको अभिनय छ ।

No comments:

Post a Comment