Headlines News :
Home » » इजरायलको आवेदन दुई साताभित्र खुल्ने, कस्ताले आवेदन दिने ?

इजरायलको आवेदन दुई साताभित्र खुल्ने, कस्ताले आवेदन दिने ?

Written By kantipur on Friday, September 11, 2015 | 1:10 PM

 वैदेशिक रोजगार विभागले इजरायलमा केयरगिभर (घरेलु कामदार) पठाउन दुई साताभित्र रोजगार आवेदन दिन खुला गर्ने तयारी गरेको छ ।
दुबै देशका सरकारमार्फत (जीटूजी) माध्यामबाट नेपाली कामदार पठाउने ब्यवस्था अनुरुप प्रारम्भिक रोष्टरका लागि आवेदन खुला गर्न लागेको कारोबार दैनिकमा खबर छ ।
विभागका प्रवक्ता बद्रीकुमार कार्कीले नेपाल र इजरायलबीच जीटूजीमार्फत कामदार पठाउने सम्झौताको पाइलट प्रोजेक्ट अनुरुप प्रारम्भिक रोष्टरको आवेदन खुला गर्न लागिएको बताए ।
विगतमा स्वीकृतप्राप्त तालिम प्रदायक संस्थाहरुबाट तीन महिना घरेलु कामदारसम्बन्धी तालिम लिइसकेका ब्यक्तिले आवेदन दिन सक्ने उनले बताए । आवेदन दिएका कामदारको पहिलो चरणमा प्रारम्भिक सूची तयार गरिने कार्कीले जानकारी दिए ।
इजरायल जानका लागि घरेलुु कामसम्बन्धी तालिम र अंग्रेजी भाषामा दक्ष हुनुपर्नेछ । कामदारको उमेर २५ देखि ४५ वर्ष, तौल ४५ किलो र उचाइ १.४ मिटर हुनुपर्नेछ ।
यसअघि म्यानपावर एजेन्सीले इजरायलमा कामदार पठाउँन ८ लाख रुपैयाँसम्म रकम असुलेको भन्दै दुई पटकसम्म नेपालबाट कामदार लिन बन्द गरेको थियो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger