Headlines News :
Home » » भारतलाई यसरी जिल्याउन अहिलेसम्म कसैले सकेको थिएन..???? प्रचण्ड र ओलीले कसरी झुक्याए भारतलाई...???? कसरी चिप्लियो भारत ? पढ्नुस सनसनीपुर्ण विश्लेषण..????

भारतलाई यसरी जिल्याउन अहिलेसम्म कसैले सकेको थिएन..???? प्रचण्ड र ओलीले कसरी झुक्याए भारतलाई...???? कसरी चिप्लियो भारत ? पढ्नुस सनसनीपुर्ण विश्लेषण..????

Written By kantipur on Monday, September 14, 2015 | 1:17 PM

 नेपाली राजनीतिमा केही अनौठा दृश्य देखिएका चर्चा राजनैतिक वृतमा व्याप्त छ। संविधानसभाको जारी प्रक्रिया रोक्न जबरजस्त दवाव परेको थियो। दवाव दिनेमा एउटा प्रमुख शक्ति छिमेकी मुलुक भारत थियो भन्ने कसैबाट लुकेको छैन्।

संविधानसभाबाट संविधान आउने मिति नजिकैदै गर्दा भारतीय राजदुत रञ्जित रेले दौडाहा नै चलाएका थिए। प्रधानमन्त्री देखि प्रमुख राजनैतिक दलका सबै नेतालाई भेटेका रेले भारतीय सरकारको सन्देश भन्दै सबैलाई पढ्दै सुनाउँदै गरेका थिए। उनको कुरा स्षप्ट थियो । मधेशमा जारी आन्दोलनलाई सम्वोधन गर र उनीहरुलाई सहमतिमा ल्याउन प्रक्रिया रोक।

बाहिर देख्दा यति बुझिए पनि भित्री मनासय के थियो बुझ्नेहरुले बुझिसकेका थिए। भारतको चर्को दबाबमा यस अघि एउटै दृश्य देख्न र भोग्न पाइन्थ्यो। नेपाली नेताहरु भारतको इशारमै लल्याकलुलुक हुन्थे । भारतका कुरा भुइमा झर्न नपाई पालना हुन्थे। १२ बुँदै यता लगातार यसै देख्न पाइन्थ्यो।अन्तराष्ट्रिय फोरममा भारत नेपालका दललाई आफूले मिलाएको भनेर गर्व गर्दथ्यो।

तर यसपटक समयले काँचुली फेर्यो। भारतका कुरा ठुल्दाइका रुपमा सुनिएन। उसका चाहनालाई नेपालले आफ्नो चाहना मान्न इन्कार गरदियो। कम्तिमा ठुला राजनैतिक दलका धेरैजसो नेताहरु यसमा सहमत भइदिए। प्रक्रिया २ दिन त रोकियो तर त्यस भन्दा बढि थप्न ठुला दलहरु सहमत भएनन् ।

भारतले देखिने गरि दिएको दवावलाई सुनेको नसुनेझै गरिदिए ठुला दलका ठुला नेताहरुले। खासगरि एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्डको विष्मयकारी संयोजन देखियो यसपटक। विष्मयकारी यसअर्थमा कि प्रचण्ड र ओलीको यस्तो सम्वन्ध होला भनेर पहिले कल्पना गरिन्नथ्यो।

राजनीतिमा स्थायी शत्रु र मित्र हुन्नन भन्ने कुरा एकपटक पुन पुष्टि गर्दै यी दुइले यसपटक नेपाली राजनीतिमा नयाँ अध्याय लेखे। संविधान ल्याउने प्रक्रियामा संविधानसभा गयो। संविधान आउने भयो।

१६ बुँदे संमझदारी देखि नै भारतलाई साक्षी राख्न छोडिएको थियो । यसको अर्थ भारतको प्रभाव त्यतिखेर कम थियो वा अहिले छ भन्न खोजिएको होइन। तर अहिले भारतको प्रभावलाई ठुलो स्तरमा वेवास्ता गरिएको हो। यसलाई अनौठो नै मान्नु पर्ने राजनैतिक विश्लेषकहरु बताउँछन्। यो काकताली मात्र हो कि नेपाली राजनीतिले नयाँ बाटो लिन खोजेको हो ठोकुवा गरेर भन्न केही समय अझ कुर्नु पर्ने हुन्छ तर यसले दिएको सन्देश भने महत्वपुर्ण छ।

ओली र प्रचण्डको जोडीको ‘एक्सन’

केपी ओली र प्रचण्ड दुबै राजनीतिका खारिएका खेलाडी हुन्। कहाँ बजाउँदा कहाँ बज्दछ भनेर जान्नु राजनीतिमा सबै भन्दा महत्वपुर्ण हुन्छ। दुबैले यसपटक बज्ने र बजाउनेको सही आँकलन गरेकी ? नत्र बज्ने बजाउने जानकारी त भारतले पनि राख्दछ।

ओली जहिल्यै भारतसंग राम्रै सम्वन्ध ‘मेनटेन’ गरेका नेतामा गनिन्छन्। प्रचण्डले केही समय अगि भारतको भ्रमण गरेर फर्किएका थिए। त्सयअघि स्वयम ओली पनि भारत पुगेका थिए। त्यसयता पनि दुबै नेताको भारतीय पक्षसंग निरन्तर संवाद चलेको थिएन भनेर भन्ने आधार छैन्। भारतको इच्छा र आकांक्षाबाट दुबै राम्ररी जानकार थिए। उनीहरुले भारतीय पक्षलाई केही हदसम्म आश्वस्त पारेकै हुन्।

यही भरोसामा भारतले लगातार अन्तै बजाइरहेको थियो। भारतले संभवत ओली र प्रचण्डबाट अवरोधको अपेक्षा गरेको थिएन्। त्यसैले होला भारतले अपेक्षाकृत राष्ट्रवादी छवि भएका नेताका रुपमा प्रचारित प्रधानमन्त्री सुशील कोइरालामाथि दवाव बनाइ रहेको थियो। कोइरालालाई दवाव राष्ट्रपति कार्यालयबाट समेत बनाइएको चर्चा थियो। त्यही दवाव थेग्न गाह्रो भएरै होला उनले पक्रियालाई अझै केही रोक्न ओली र प्रचण्ड गुहारेका थिए। तर सही समयमा ओली र प्रचण्डले त्यसलाई रोकिदिए। यसलाई प्रचण्ड र ओलीले भारतलाई जिल्याएको रुपमा पनि केही विश्लेषकहरुले अर्थ्याएका छन्।

भारतलाई ‘देखाउने’मा ओली खासै अनुभवि नभए पनि प्रचण्डले यसअघि एमालेबाट झलनाथ खनाललाई प्रधानमन्त्री बनाएर भारतलाई देखाइ दिएको बताएका थिए।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger