
|
काठमाडौँ, असोज ५। संविधानसभाबाट संविधान घोषणा गरेपछि थप अशान्त बन्न थालेको मधेसका मुद्दा सम्बोधन गर्न एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईलाई नेतृत्व दिइदिन एमाओवादीकै मधेस केन्द्रित सभासद्हरुले आग्रह गरेका छन् ।
सोमबार भट्टराई निवास सानेपा पुगेका एमाओवादी नेताहरु रामचन्द्र झा, प्रभु साह, रामरिझन यादव, महेन्द्र पासवान, घनश्याम यादव र रामकुमार शर्मासहितका नेताहरुले नयाँ एजेन्डासहित मधेसीको मुद्दाको नेतृत्व लिइदिन भट्टराईसँग आग्रह गरेका हुन् ।
संविधानसभाबाट घोषणा भएको संविधानले मधेस र थारुसहित जनजातिका मुद्दा समेट्न नसकेकामा असन्तुष्ट रहँदै आएका भट्टराईले नियमति छलफल गर्दै अगाडि बढ्न सल्लाह दिएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
- See more at: 
|
Post a Comment