Headlines News :
Home » » नाकाबन्दी गरे भारतलाई ४ खर्ब ४५ अर्ब घाटा!

नाकाबन्दी गरे भारतलाई ४ खर्ब ४५ अर्ब घाटा!

Written By kantipur on Tuesday, September 22, 2015 | 6:45 AM

काठमाडौं – नेपालका राजनीतिक दलहरुले संविधान निर्माण प्रकृयामा भारतको दवाव नमानेपछि भारतले नेपालसंग व्यापारीक लफडा निकालेको छ । सहज रुपमा नेपाल भारत व्यापार भैरहेको बेला नेपालमा संविधान निर्माण भएपछि एकाएक सुरक्षाको कारण देखाउँदै तेलका ट्यांकर रोकेर राखेको छ । यसले भारतले नेपाललाई अघोषित नाकाबन्दी लगाउने आशंका गरिन थालिएको छ । भारतले नेपाललाई नाकाबन्दी लगाएमा नेपाललाई मात्र होईन भारतलाई समेत व्यापार घाटा लाग्दछ ।

भारतले नेपालसंग वार्षिक ५ खर्ब ९५ करोड ८६ हजार बराबरको व्यापार गरीरहेको छ । जससध्ये भारतले ५ सय अर्ब ४ करोड रुपैयाँ बराबरको सामान भारतबाट नेपाल भित्रन्छ भने नेपालबाट वार्षिक जम्मा ५५ अरब ८६ करोड रुपैयाँ बराबरको सामान भारत जाने गरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका सूचना अधिकारी सुयास खनालले बताए । व्यापारीक हिसावले हेर्दा भारतले नेपाललाई नाकाबन्दी गरेको अवस्थामा वार्षिक ४ खर्व ४५ अर्व ५४ करोड नेपाली रुपैयाँ बरारबको व्यापार घाटा भारतलाई लाग्ने देखिन्छ । नेपालमा भारतबाट धान चामलदेखि यातायात साधन तथा यसका पार्टपूर्जासम्म आयात हुने गरेको छ ।

 विद्युतीय सामान, मेशिनरी तथा पार्टपूर्जा पनि भारतबाटै ल्याइन्छ । नेपालमा धान चामल, नुन, पेट्रोलियम पदार्थ, फलफुल तथा तरकारी समेत आयात हुने गरेको छ । त्यसमध्ये सबैभन्दा धेरै पेट्रोलियम पदार्थ भित्रने गरेको खनालले बताए । ‘वर्षिक १ सय १२ अर्वको पेट्रोलियम पदार्थ भारतबाट भित्रने गरेको छ’ उनले भने ‘तेल भारतबाटमात्रै भित्रन्छ भन्दा पनि हुन्छ ।

’ नेपालले भारतको ईन्डियन आयल कर्पोरेसनसँग सम्झौता गरी तेल किन्दै आएको छ । भारतले नेपालको संविधान निर्माण प्रकृयामा मधेशका मुद्दा नसमेटिएको भन्दै सोमबार नेपाल भित्रयाउन लागिएका २३ वटा ट्यांकरलाई कागज पत्र नपुगेको भन्दै रक्सौलस्थित भारतीय कस्टममा राकेको थियो । नेपालले तेल किनिरहेको इन्डियन आयल कर्पोरेशनले लोड भएका ट्यांकरलाई सुरक्षाका कारण देखाउँदै र ग्यास बोकेको बुलेटलाई समेत मंगलबारदेखि रोक लगाएको थियो ।

 तर मंगलबार ठूलो दबाबपछि भारतीय पक्षले वाणिज्य तथा आपुर्ति मन्त्रालयबाट थप कागजात मगाएर ट्याङ्करहरु छाडेको छ । मंगलबार दिउँसो भारतीय कस्टमका अधिकारीहरुले पेट्रोलियम ढुवानी गर्ने ट्यांकर छाडेको नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरेले जानकारी दिए । नेपालको संविधान निर्माण प्रकृयाप्रति असहमति जनाउँदै भारतले पेट्रोलियम पदार्थ आपूर्ति रोकेपछि नाकाबन्दी लगायतका विभीन्न टिप्पणी गरिएको थियो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger