Headlines News :
Home » » डीआइडीको उत्कृष्ट दशमा नेपालका निर्मल>>>>

डीआइडीको उत्कृष्ट दशमा नेपालका निर्मल>>>>

Written By kantipur on Sunday, September 13, 2015 | 12:08 PM

भारतीय चर्चित रियालिटी शो डान्स इन्डिया डान्स (डीआईडी) मा नेपाल, नुवाकोट विदुर नगरपालिका, त्रिशुलीवजार ११ का २३ वर्षिय निर्मल तामाङ उत्कृष्ट दशमा पर्न सफल भएका छन् । पूर्व भारतीय सेनामा कार्यरत शेरवहादुर तामाङका कान्छा छोरा निर्मल वैसाख देखि डीआईडी प्रतियोगितामा सषर्घ गरिरहेका छन् ।
बलिउड अभिनेता तथा डान्सर मिथुन चक्रवती लगायत चर्चित डान्सर निर्णायक मण्डलमा रहेको यस प्रतियोगिता भारतीय च्यानल जी टिभीबाट प्रत्येक शनिवार र आईतवार राती सवा नौवजे प्रशारण हुँदै आएको छ । उत्कृष्ट दशपछि छनौट हुनलाई भोटिङको साहरालिनुपर्ने छ । निर्मललाई भोटिङ गर्न DID5 space NIR send to ५७५७५ मा एसएमएस गर्नुपर्नेछ । एसएमएस सेवा नेपालबाट पनि गर्न सकिनेछ ।
त्यस्तै अनलाईनबाट पनि उनलाई भोट गर्न सकिनेछ । जसको लागि www.zeetv.com/nir लेखेर अनलाईन भोटिङ गर्न सकिनेछ ।
भोटिङ गर्ने समय शनिवार राती नौ १५ देखि बुधबार साँझसम्म हुनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि भोटिङ गर्न सकिनेछ । आफ्नो छोराभन्दा निर्मल नेपालकै छोरा भएको कारण उनलाई भोट गर्न उनका वुवा शेरवहादुरले सवैलाई आग्रह गरेका छन् ।
उनी भन्छन्, ‘निर्मलले जित्यो भने नेपालकै शान उच्च हुन्छ ।’ यसअघि पनि नेपाली मूलका प्रसान्त तामाङ र तेरिया मगरले यस्तै ठूलो रियालिटी शोमा विजयी भएका थिए ।
.
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger