Headlines News :
Home » » यी नाबालिकाले मर्नुभन्दा पहिला यसरी सुनाइन् आफ्नो अन्तिम इच्छा!!!

यी नाबालिकाले मर्नुभन्दा पहिला यसरी सुनाइन् आफ्नो अन्तिम इच्छा!!!

Written By kantipur on Wednesday, September 9, 2015 | 7:43 AM

 कस्तो अनौठो एक बालिकाले आफ्नो मृत्यु देखेर नै अन्तिम इच्छा परिवारलाई सुनाएकी छिन् । तर, नभन्दै ती ७ वर्षकी नाबालिकाको टाइफाइडका कारण ज्यान गयो । मर्नुभन्दा पहिला यी बालिकाले दुई जनाको अध्यारो जि़न्दगीमा खुसी ल्याएकी थिईन् । खबर अनुसार कृष्णबाग कलोनी निवासी सांईनाथ वाडेकरकी छोरी भाव्यालाई टाइफाइड रोग लाग्यो ।

 भाव्याको उपचार थुप्रै अस्पतालमा गरियो तर कुनै फरक आएन् । अन्ततः टाइफाइडका कारण शुक्रबार भाव्याको मृत्यु भयो । पत्रकारहरुसँग कुराकानी गर्दै बालिकाका पिता सांईनाथ वाडेकरले भाव्यालाई टाइफाइड भएको भएको बताए । उपचारका लागि उनलाई भवन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि दुई दिन पहिला बुधबार उनलाई अस्पतालले छुट्टी दिएको थियो । एक दिन बेलुका अचानक भाव्याको स्वास्थ्य अवस्था विग्रियो । त्यसपछि दोस्रो पटक जब भाव्यालाई उपचारका लागि अस्पताल लगियो ।

उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमा उनले आफ्ना बुवालाई भनेकी थिईन-‘बाबा यदि म यो संसारमा रहिन भने मेरा आँखा दान गरिदिनु ।’ उनले आफ्ना बाबुलाई आफ्नो यो सपना अनिवार्य पूरा गर्न आग्रह गरिन् । बावु वाडेकरले छोरीको कुरा सुनेर आँसु थाम्न सकेनन् । र छोरीलाई अंगालो हाल्दै त्यस्तो कुरा नगर भन्दै सम्झाए । वाडेकरका अनुसार भाव्यालाई जब अस्पतालमा लगेर उपचार थालियो तब डाक्टरले धेरै कोशिश गरे तर, उनलाई बचाउन सकिएन् ।

वाडेकरलाई छोरीको मृत्यु खबर डाक्टरले सुनाएपछि उनले तुरुन्त उनको आँखा कुनै अन्धो मान्छेलाई दान गर्ने फैसला गरे । भाव्याको आँखा अब दुई जना अन्धा मानिसलाई दिने तयारी अस्पतालले गरेको छ । सोमबार भाव्याका आँखा दुई जनालाई दान गर्न अप्रेशन गरिँदैछ । मरेर पनि अब भाव्याले आफ्ना आँखाबाट संसार देख्न पाउनेछिन् । स्रोत : दैनिक नेपाल
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger