काठमाडौं, असोज ४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा, गणतन्त्र र संविधानसभाको प्रक्रियाबाट असन्तुष्ट पक्षबाट चुनौतीहरु आउन सक्ने भन्दै संविधानको कार्यान्वयनका लागि राष्ट्रिय शक्तिहरुबीच एकता आवश्यक भएको बताएका छन् ।प्रमुख तीन दलले संविधान जारी भएको खुसियालीमा सोमबार राजधानीमा गरेको संयुक्त आमसभामा अध्यक्ष दाहालले
मधेसी, थारु र जनजातिका जायज मागका लागि लागिरहने प्रतिबद्धता जनाउँदै वार्ताका लागि आह्वान गरे ।अध्यक्ष दाहालले हाम्रो स्वतन्त्रतालाई सम्मान गर्नेहरुले मात्रै आफ्नो स्वतन्त्रता सुदृढ गर्न सक्छन् भन्दै भारत र चीनले नेपालको स्वतन्त्रता र स्वाभिमानको सम्मान गर्ने बताए ।उनले आफूहरु छिमेकीको मित्र हुन चाहेको भन्दै जे भन्यो त्यो मान्ने छिमेकी बन्न नचाहेको स्पस्ट पारे ।अध्यक्ष दाहालले राजा-महाराजाले बनाएको आयोगमार्फत् संविधान जारी गर्ने युगको अन्त्य भइ जनताले संविधान बनाउने येगको सुरुआत भएको पनि बताए । - See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment