Headlines News :
Home » » गर्भावस्थामा बान्ता हुनबाट बचाउँछ यी खानेकुराले थाह पाईराखौ...

गर्भावस्थामा बान्ता हुनबाट बचाउँछ यी खानेकुराले थाह पाईराखौ...

Written By Video rezor on Friday, June 19, 2015 | 5:59 AM

गर्भावस्थाको क्रममा धेरैलाई बान्ता हुने गर्दछ तर यसको अहिलेसम्म सहि कारण पत्ता लागेको छैन । भनिन्छ, गर्भावस्थामा शारिरिक र मानसिक रुपमा थुप्रै प्रकारको संवेदनात्मक र भावनात्मक परिवर्तन हुने गर्दछ । यसका साथै शरिर भित्र हर्मोन पनि तेज रुपमा बढ्ने गर्दछ जसले शरिरको अंगमा तनाव पैदा गर्दछ र बान्ता हुन थाल्दछ ।

गर्भावस्थामा विशेषतः बान्ता बिहान हुने गर्दछ र जति दिन बढ्दै जान्छ त्यति नै बान्ता हुने सम्भावना पनि न्यून हुँदै जान्छ । हुन त डाक्टरहरुले यसलाई राम्रो संकेत मान्छन् । गर्भावस्थामा बान्ता भएमा बच्चाको राम्रो विकास भएको डाक्टरहरुको बुझाई छ । तर अत्यधिक रुपमा बान्ता भइरहेको खण्डमा यसलाई राम्रोको संकेत नमानि तुरुन्त डाक्टरको सम्पर्कमा आउनुपर्ने थुप्रै मानिसहरु बताउने गर्दछन् । आज हामी तपाईंलाई यस्तो बान्ताबाट बच्ने घरेलु तरिका बताउँदैछौँ ।

१. थोरै थोरै गरेर पानी पिउनुहोस्ः गर्भावस्थामा हुने बान्तालाई कन्ट्रोल गर्ने सबैभन्दा राम्रो उपाय पानी हो । हरेक घण्टामा एक गिलास पानी पिउनुहोस् । यसले तपाईंको शरिरमा पानीको कमी हुनबाट बचाउँछ जुन गर्भवती महिलाको लागि अत्यन्त जरुरी हुने गर्दछ । सुत्नुभन्दा अगाडि आफ्नो बेडको साइडमा एक ग्लास पानी राख्नुहोस् र पानी पिउन मनलागेको जस्तो हुनासाथ पिउनुहोस् । बिहान उठ्ने बित्तिकै पनि पानी पिउनुहोस्, यसले तपाईंलाई बान्ता हुनबाट रोक्छ ।

२. अदुवाः गर्भावस्थाको बान्तालाई रोक्न अदुवा पनि प्रभावकारी घरेलु उपाय हो । खानामा अदुवाको प्रयोग गर्नाले यसले पाचन प्रणालीलाई ठिक गर्ने गर्दछ र पेटमा भएको अम्लीय पदार्थलाई शान्त गर्ने गर्दछ । यदि तपाईं गर्भवती हुनुहुन्छ र तपाईंलाई बान्ता हुने गर्दछ भने, बान्ता आउला जस्तो हुनेबित्तिकै अदुवा सुँध्नुहोस् । यसको बास्नाले उल्टी हुनबाट बचाउँछ ।

३. कागतीः कागती आफ्नो गुणकारी प्रभावको लागि मानिसहरु बिच चिरपरिचित छ र यसले गर्भवती महिलाहरुलाई पनि निकै फाइदा पुर्याएको हुन्छ विशेषगरि बान्ता हुने समस्याको लागि । बान्ता हुनबाट बच्नका लागि गर्भवती महिलाले हरेक दिन बिहाज एक ग्लास पानीमा कागतीको रस हालेर त्यसमा मह मिसाएर खाने गर्नुपर्दछ । यसका साथै कागतीमा पाइने ‘भिटामिन सी’ले गर्भवती महिला र उनको बच्चालाई निकै फाइदा पुर्याउने गर्दछ ।

४. बढाउनुहोस् भिटामिन बी–सिक्सका सेवनः भिटामिन बी–सीक्स गर्भवती महिलाहरुका लागि निकै लाभदायक मानिन्छ । यसको प्रयोगले गर्भावस्थामा हुने बान्ताबाट छुटकारा पाउन सकिन्छ । भिटामिन बी–सीक्स थुप्रै फल र खानेकुराहरुमा पाइने गरिन्छ जस्तै अबोकेडो, केरा, माछा, बदाम आदि । यसका साथै तपाईंले केहि सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ जुन तपाईं २५ मिलिग्राम एक दिनमा तीन पटक प्रयोग गर्न सक्नुहुनेछ । यसका लागि तपाईंले स्त्री रोग विशेषज्ञको पनि सल्लाह लिन सक्नुहुनेछ । source taja khabar 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger