Headlines News :
Home » » भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा नेपाल आएका विदेश सचिव एस. जयशंकरको भ्रमण लगत्तै तीन दलको बैठकले यस्तो निर्णय गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा नेपाल आएका विदेश सचिव एस. जयशंकरको भ्रमण लगत्तै तीन दलको बैठकले यस्तो निर्णय गरेको हो ।

Written By kantipur on Saturday, September 19, 2015 | 12:19 PM


आश्विन २, २०७२- तीन दलले मधेस केन्द्रित दललाई पुन: वार्ताको लागि आह्वान गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलको बैठकले यस्तो निर्णय गरेको हो ।
तीन दलले मधेस केन्द्रित दललाई वार्ताको लागि आह्वान गरेको यो दोस्रो पटक हो । तीन दलले आज ४ बजे बालुवाटारमा पत्रकार सम्मेलन गरेर वार्ताको लागि आह्वान गर्ने निर्णय सार्वजनिक गर्दैछन् ।
तीन दलले मधेस केन्द्रित दललाई पुन: वार्ताको लागि आह्वान गर्ने निर्णय गरेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव तथा एमाओवादीका केन्द्रित सदस्य चुडामणी खड्काले जानकारी दिए ।
यसअघि प्रधानमन्त्री सुशील कोइरालाले पनि पटक पटक मधेस केन्द्रित दललाई वार्ताको लागि आह्वान गरेका थिए ।
संविधानको सीमांकनलगायत विषयमा असन्तुष्ट मधेस केन्द्रित दलहरु छुट्टाछुट्टै मोर्चा बनाएर आन्दोलनमा छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रुपमा नेपाल आएका विदेश सचिव एस. जयशंकरको भ्रमण लगत्तै तीन दलको बैठकले यस्तो निर्णय गरेको हो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger