Headlines News :
Home » » संविधान जारी गर्ने मिति पर सारेर देशमा उभद्रो मच्चाउने षड्यन्त्र भएको – ओली Read More..

संविधान जारी गर्ने मिति पर सारेर देशमा उभद्रो मच्चाउने षड्यन्त्र भएको – ओली Read More..

Written By kantipur on Saturday, September 5, 2015 | 10:38 PM

भक्तपुर, १९ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने मिति पर सारेर देशमा उभद्रो मच्चाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।
आज बालकोटमा वास्तुटोल सुधार समितिको पाँचौ साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उहाँले संविधान बनाउने मिति आठ वर्ष पर सार्दा पनि संविधान नबनेकाले अब पर नसारी संविधान जारी गर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, “अहिले पनि संविधान जारी गर्न नदिन केही व्यक्तिहरु खिचडी पकाइरहेका छन्, अब संविधान पर सर्दैन भदौ महिनाभित्रै संविधान जारी हुृन्छ ।”
देशमा फाटो ल्याएर भाषा, जातजाति, लिङ्गको नाममा देशलाई चिराचिरा पार्ने षड्यन्त्र भइरहेको बताउँदै ओलीले भन्नुभयो, “संविधान मात्रै बनाउने होइन की देशको एकताको निम्ति, जनताको हक, अधिकार सुनिश्चिताका लागि, देशलाई चिराचिरा हुनबाट जोगाउन, जनतामा कलहको बीउ नरोपी राष्ट्रिय एकताका लागि लागिरहेका छौ ।”
कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले भदौ महिनाभित्र संविधान जारी हुने दाबी गर्दै हिंसात्मक आन्दोलन समाप्त पार्नु अहिलको आवश्यकता भएको बताउनुभयो ।
कार्यक्रममा बालकोटका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । रासस

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger