|
उठ्ने र सुत्ने
१) बिहान कति बजे उठ्नुहुन्छ ?
साढे चार/पौन पाँच बजेसम्ममा उठिसक्नुहुन्छ ।
२) दिनको सुरुवात के खाएर गर्नुहुन्छ ?
मह राखेर हट लेमन खानुहुन्छ । यो उहाँको पहिलेदेखिकै बानी हो ।
३) कसले बनाएर दिन्छ ? कि आफैँ बनाउनुहुन्छ ?
लेमन, हनी बेडरुममै राखिदिएका हुन्छौँ । उठेपछि आफैँले बनाउनुहुन्छ । बुद्धनगर बस्दा भने मैले बनाएर पनि दिन्थेँ ।
४) चिया/कफी के रुचाउनुहुन्छ ?
चिया/कफीमा त्यस्तो सौखिन हुनुहुन्न । कहिलेकाहीँ ग्रिन टी खानुहुन्छ ।
५) बिहान एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
सामान्य एक्सरसाइज गर्नुहुन्छ । एकछिन ‘वाक’ गर्नुहुन्छ । धेरै समय नै हुन्न ।
६) बाहिर निस्कनुहुन्छ कि घरभित्रै ?
बाहिर निस्कन भ्याउनुुहुन्न । कोठामै गर्नुहुन्छ ।
७) योगामा रुचि छ कि छैन ?
रुचि त छ, तर समर्पित नै भएर गर्नुहुन्न । समय पनि त्यति हुँदैन ।
८) राति कतिखेर सुत्नुहुन्छ ?
ठ्याक्कै यति बजे भन्ने हुन्न । निवासमै हुँदा एघार/साढे एघारमा पनि सुत्नुहुन्छ । बैठक/कार्यक्रममा हुँदा ढिलो पनि हुन्छ ।
९) राति सुत्नुअघि केही खाने बानी छ कि ?
चिनी नराखेको एक गिलास मनतातो दूध खानुहुन्छ ।
१०) घरमा बस्दा कस्ता लुगा लगाउन मन पराउनुहुन्छ ?
कुर्ता–पाइजामा वा लुंगी लगाउन मन पराउनुहुन्छ ।
११) बालुवाटारको सरकारी निवासमा परिवारका सदस्य को–को बस्नुहुन्छ ?
उहाँ आफैं भइहाल्नुभयो । हामी बुढाबुढी(स्वकीय सचिव रमेश भण्डारी), मेरी सासू (प्रधानमन्त्री कोइरालाकी दिदी), कहिलेकाहीँ अतुल पनि बस्नुहुन्छ ।
१२) सधैँ दाह्री राखेको देखिन्छ । उहाँले ‘क्लिन सेभ’ कहिल्यै गर्नुभएको छैन ?
एकपटक उहिल्यै गर्नुभएको थियो, राजदरबार हत्याकाण्ड हुँदा । कपाल पनि फाल्नुभएको त्यतिवेला ।
१३) दाह्री मिलाउन हजामकहाँ जानुहुन्छ कि आफैं मिलाउनुहुन्छ ?
उहिलेदेखि अहिलेसम्म आफैँ मिलाउनुहुन्छ । कपाल काट्दा मात्रै हजामसँग मिलाइमाग्नुहुन्छ ।
१४) ‘दाह्री लामो भयो, मिलाउनुस्’ भनेर पनि सम्झाइदिनुपर्छ कि ?
हो । वेला–वेलामा सम्झाइदिनुपर्छ । उहाँले ‘हे छोड्, होस्’ भन्नुहुन्छ कहिले त ।
१५) ब्रस गर्दा कुन पेस्ट प्रयोग गर्नुहुन्छ ?
कोलगेट ।
१६) नुहाउँदा सावर प्रयोग गर्नुहुन्छ कि बाल्टिनमा पानी थापेर नुहाउनुहुन्छ ?
बुद्धनगर हुँदा बाल्टिन प्रयोग गर्नुहुन्थ्यो । अहिले पनि उहाँको बाथरुममा बाल्टिन छ ।
१७) चिसो पानीले नुहाउनुहुन्छ कि तातो पानीले ?
उहाँ सधैँ नुहाउने तातो पानीले नै हो ।
१८) उहाँले प्रयोग गर्ने साबुन, सेम्पु कुन ब्रान्डको हो ?
त्यस्तो स्पेसल कुनै ब्रान्ड छैन ।

पत्रपत्रिका/टेलिभिजन/रेडियो
१९) पत्रपत्रिका पढ्ने, टेलिभिजन हेर्ने, रेडियो सुन्ने कत्तिको गर्नुहुन्छ ?
पत्रपत्रिका पढ्न असाध्यै रुचि छ । नास्ता लिँदा हामीलाई पढेर सुनाऊ भन्नुहुन्छ । बिहान रेडियो सुन्नुहुन्छ, टिभी हेर्नुहुन्छ । पत्रपत्रिका पनि पढ्नुहुन्छ ।
२०) आफ्नोबारेमा लेखिएका समाचारमा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
खासै प्रतिक्रिया जनाउनुहुन्न । झुटो समाचार लेखिएको रहेछ भने ‘छोडिदेऊ यस्तै हो, नबुझीकन लेख्छन्’ भन्नुहुन्छ ।
२१) पत्रपत्रिका पढेर अरूले पनि सुनाइदिनुपर्छ कि ?
अरूले पनि सुनाइदिनुपर्छ । मैले पनि सुनाउने गर्छु । हेडलाइन हेरेर समाचार पढ्न रुचाउनुहुन्छ ।
२२) पत्रपत्रिकामा आफूमाथि बनेका कार्टुन देख्दा कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ?
हाँस्नुहुन्छ हेरेर ।
२३) युट्युबमा उहाँसहितका शीर्ष नेताहरूको कार्टुन बनाएर डान्स गरिरहेको भिडियो राखिएको छ । त्यो हेर्नुभएको छ ?
(हाँस्दै) हेर्नुभएको छ नि । ‘पिरतीको छाता ओढाउन…’ बोलको गीतमा उहाँ, केपी ओली र प्रचण्ड नाचिरहेको भिडियो रहेछ । उहाँकी दिदी(मेरी सासूआमा)ले ‘बाबु तेरो त यस्तो भिडियो निकालेको रहेछ नि’ भनेर देखाएपछि हेरेर निकै हाँस्नुभयो ।

खाना/खाजा
२४) खाजामा के लिन रुचाउनुहुन्छ ?
बिहानको खाजामा उसिनेको अन्डा र ओट मिल लिनुहुन्छ ।
२५) खानामा के मन पराउनुहुन्छ ?
थोरै भात, हरियो साग, दाल, तरकारी खानुहुन्छ । आलु तारेको निकै मन पराउनहुन्छ । फर्सीको सिजन रहेछ भने फर्सीको मुन्टा पनि रुचाउनुहुन्छ । घिउमा भुटेको अदुवा र लसुन पनि खानासँगै हुन्छ ।
२६) माछा–मासु मन पराउनुहुन्न ?
त्यति धेरै रुचाउनुहुन्न । कहिलेकाहीँ माछा खानुहुन्छ ।
२७) माछाको कस्तो परिकार मीठो मान्नुहुन्छ ?
माछाको टाउकाको झोल रुचाउनुहुन्छ ।
२८) आफैँले कहिले केही पकाउनुभएको छ ?
फुर्सद नै हुँदैनथ्यो । अहिले त झन् कुरै भएन । मैले उहाँले पकाएको देखेको छैन ।
२९) भनेपछि उहाँले पकाएको तपाईंहरूले अहिलेसम्म केही खानुभएको छैन ?
छैन । भन्नचाहिँ पहिल्यैदेखि ‘कसरी पकाउँछन् म देखाउँछु एक दिन तिमीहरूलाई, नौ थरी गेडागुडी राखेर जाउलो पकाएर खुवाउँछु’ भन्नुहुन्थ्यो । तर, पकाउन नै भ्याउनुभएको छैन । अहिले पनि कहिलेकाहीँ जिस्क्याएर ‘तिमीहरूले पकाउनै जानेनौ, मैले पकाएको भए कस्तो मीठो हुन्थ्यो’ भन्नुहुन्छ ।
३०) तपाईंले कहिलेकाहीँ जिस्क्याउनुहुन्न, ‘तपाईंले खुवाउने भनेको खानै पाइएन’ भनेर ?
कहिलेकाहीँ ‘खोइ, हजुरको खुवाउने पालो आएन ?’ भनेर जिस्क्याउने गर्छु । उहाँले ‘पख, एक दिन पकाएर खुवाउँछु’ भन्नुहुन्छ ।
३१) खानामा राम्रो/नराम्रो भनेर कमेन्ट कत्तिको गर्नुहुन्छ ?
धेरै गर्नुहुन्न । ‘यस्तो बनाएको भए हुन्थ्यो’ भनेर भन्नुहुन्छ ।

किचेन र कुकिङ
३२) भान्सामा कहिले पस्नुहुन्छ कि पस्नुहुन्न ?
फुर्सद नै हुँदैन । कहाँबाट पस्नु ?
३३) ‘के पाक्दै छ आज’ भनेर चासो पनि देखाउनुहुन्न ?
फुर्सद रहेछ र भेट भयो भनेचाहिँ सोध्नुहुन्छ । अरूले खाए कि खाएनन् भन्ने धेरै ख्याल गर्नुहुन्छ ।
३४) बुद्धनगरको तपाईंको घरमा बस्दा पनि भान्सामा छिर्नुहुन्थेन ?
सबैभन्दा माथिल्लो तेस्रो तलामा भान्सा थियो । त्यहाँ कहिलेकाहीँ पस्नुहुन्थ्यो ।

फिल्म/गीत–संगीत
३५) फिल्म कत्तिको हेर्नुहुन्छ ?
हेर्नुहुन्छ । दिनभरि व्यस्त हुनुहुन्छ, सबै काम सकिएपछि राति साढे नौ/दश बजेतिर टेलिभिजनमा हेर्नुहुन्छ ।
३६) अंग्रेजी, हिन्दी, नेपाली कस्ता फिल्म रुचाउनुहुन्छ ?
सबै खालका रुचाउनुहुन्छ । राजनीतिक फिल्म बढी रुचाउनुहुन्छ ।
३७) पछिल्लोपटक हलमै गएर कुन–कुन फिल्म हेर्नुभयो ?
‘सेतो बाघ’ हेर्नुभयो । अस्ति भर्खर नै हो बिपीको उपन्यासमा बनेको ‘तीन घुम्ती’ भन्ने फिल्म हलमै गएर हेर्नुभयो ।
३८) कस्तो प्रतिक्रिया रह्यो नेपाली फिल्म हेरेपछि ?
बिपीले लेखेको उपन्यासमा आधारित भएकाले निकै मन पराउनुभयो । ‘सान्दाजुले रियल घटना देखेर नै यस्तो कथा लेख्नुभएको होला’ भन्नुभयो ।
३९) टेलिभिजनमा सिरियल हेर्नुहुन्छ कि हेर्नुहुन्न ?
सिरियल त हेर्नुहुन्न । कहिलेकाहीँ रेस्लिङ हेर्नुहुन्छ ।
४०) गीत कत्तिको सुन्नुहुन्छ ?
त्यस्तो धेरै रुचि छैन । तर, राष्ट्रिय गान, प्रजातन्त्रका गीत, राष्ट्रभक्तिका गीत सुन्नुहुन्छ ।
४१) कहिलेकाहीँ गीत गुनगुनाउनुहुन्छ कि हुन्न ?
कहिलेकाहीँ फ्रेस मुडमा टिभी खोलेर गुनगुनाउनुहुन्छ ।
४२) युवाअवस्थामा उहाँको त हलिउडको हिरो बन्ने सपना थियो । ‘हलिउड छिर्न पाइनँ’ भन्ने पछुतो त मान्नुभएको छैन ?
पछुतो नै त मान्नुभएको छैन । तर, कुरा गर्नुहुन्छ । ‘म हलिउड जान लागेको मान्छे, नियति र भाग्यले यता ल्याइपुर्यायो, सोचेका सबै कुरा पूरा हुन्न’ भन्नुहुन्छ कहिलेकाहीँ ।
४३) नेपाली चलचित्र क्षेत्रको बारेमा कत्तिको ज्ञान छ ?
राम्रै ज्ञान छ । हरेक क्षेत्रले उन्नति र प्रगति गर्नुपर्छ भन्ने उहाँको मान्यता छ ।
४४) नेपाली कलाकारलाई कति चिन्नुहुन्छ ?
राजेश हमाललाई राम्ररी चिन्नुहुन्छ ।
४५) नेपाली हिरोइन क–कसलाई चिन्नुहुन्छ ?
मनीषा भतिजी नै भइहालिन् । व्यक्तिगत रूपमा नामैले त अरूलाई चिन्नुहुन्न ।
४६) नेपाली मोडलहरूलाई चिन्नुहुन्छ ?
चिन्नुहुन्न ।

रेस्टुरेन्ट/खाना–खाजा
४७) खाना/खाजा खान रेस्टुरेन्टमा जान रुचाउनुहुन्छ कि हुन्न ?
मन पराउनुहुन्न । घरमै बनाएको सामान्य खानेकुरा उहाँलाई मन पर्छ ।
४८) देशबाहिर भएको वेला ?
अमेरिका हुँदा भने ‘म्याकडोनाल्ड जाऊँ’ भन्नुहुन्छ, त्यहाँको फ्रेन्च फ्राई निकै मन पराउनुहुन्छ ।

परिवार/विवाह
४९) अविवाहित हुनुहुन्छ, विवाह नगरेकोमा पछुतो मान्नुभएको छ कि छैन ?
छैन । ‘देश, जनता र पार्टीका लागि काम गर्दागर्दै विवाह गर्नतिर ध्यान नै गएन’ भन्नुहुन्छ । त्यसमा कुनै पछुतो मान्नुभएको छैन ।
५०) प्रधानमन्त्री बनेपछि उहाँलाई विवाह प्रस्ताव आएका छन् कि ?
मलाई थाहा छैन । म बुहारी भएका कारण पनि त्यस्ता कुरा मकहाँ आउने कुरा पनि भएन ।
५१) प्रधानमन्त्री हुनुअघि आएका थिए कि ?
थिएनन् । मलाई थाहा छैन ।
५२) अब उहाँले विवाह गर्ने सम्भावना कति छ ?
(हाँस्दै) छैन । अब विवाह गर्नुहुन्न होला ।
५३) परिवारका सदस्यहरूलाई समय कति दिनुहुन्छ ?
आफैँ व्यस्त हुनुहुन्छ, हामी सबैले बुझेका/देखेका छौँ । मेरी सासू पनि यहीँ बस्नुहुन्छ, कहिलेकाहीँ त ६/७ दिनसम्म दिदीभाइको भेटसमेत हुँदैन । फुर्सद हुँदा कहिले दिदीलाई भेट्न उहाँको कोठामा पस्नुहुन्छ ।
५४) बाहिर रहेका परिवारका सदस्यहरूलाई पनि बोलाएर सँगै खाना खाने, दु:ख–सुखका गफगाफ गर्ने कत्तिको गर्नुहुन्छ ?
परिवारका सदस्य आउनुहुन्छ । उहाँहरूसँग राम्रै गरी भेटघाट गर्नुहुन्छ । तर, धेरै समय दिन भ्याउनुहुन्न । बुद्धनगर बसुन्जेलसम्म भने त्यस्तो हुन्थ्यो ।
५५) केटाकेटीहरू कति मन पराउनुहुन्छ ?
धेरै मन पराउनुहुन्छ । ज्यादै चकचक गर्यो भनेचाहिँ झिँजो मान्नुहुन्छ । चक्लेट, मिठाई, बिस्कुट आफ्नो रुममा राखेको हुन्छ, केटाकेटीलाई दिनुहुन्छ ।

विदेश घुमघाम
५६) विदेश भ्रमणमा जाँदा परिवारका सदस्यलाई पनि सँगै लिएर जान कति रुचाउनुहुन्छ ?
राज्यको पैसा अनावश्यक खर्च गर्नुहुन्न भन्ने उहाँको मान्यता छ । अत्यावश्यक नभएसम्म परिवारका सदस्यलाई लग्नुहुन्न । एक/दुईपटक उपचारका लागि जाँदा मेरो श्रीमान्लाई लगेर जानुभएको थियो ।
५७) विदेशमा कत्तिको घुमघाम, रमाइलो गर्नुहुन्छ ?
असाध्यै रमाइलो गर्नुहुन्छ । बाहिर हुँदा साइट सिनहरू हेर्न खुब मन पराउनुहुन्छ ।

पहिरन/सौख
५८) आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ?
सचेत हुनुहुन्छ । एकदम फिट लुगा मन पराउनुहुन्छ । लाइट कलरको सादा लुगा मन पराउनुहुन्छ । डार्क कलर मन पराउनुहुन्न ।
५९) के लगाउन रुचाउनुहुन्छ ?
सार्वजनिक कार्यक्रममा सहभागी हुँदा दौरा–सुरुवाल लगाउनुहुन्छ । नत्र, धेरै कुर्ता–सुरुवाल र ज्वारीकोट मन पराउनुहुन्छ । पाइन्ट–सर्ट पनि सजिलो मान्नुहुन्छ । कुर्ता–सुरुवाल सेतो रङको मन पराउनुहुन्छ ।
६०) आइरन आफैँ गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ?
पहिला–पहिला गर्नुहन्थ्यो रे । तर, मैले थाहा पाएदेखि गर्नुभएको छैन । हामीले आइरन गरेर नै दिन्थ्यौँ ।

दान–दक्षिणा
६१) दसैँ–तिहारमा दक्षिणा कति दिनुहुन्छ ?
(हाँस्दै) ‘दक्षिणा दिनुपर्छ र तिमीहरूलाई ?’ भनेर उल्टै जिस्कनुहुन्छ । हामीले ‘दिनुपर्छ नि, भान्जाभान्जी हो, छोराछोरी हो’ भनेपछि ‘ए ल लेऊ लेऊ’ भन्नुहुन्छ ।
६२) कति रकम दिनुहुन्छ दक्षिणामा ?
कहिले पाँच सय, कहिले हजार दिनुहुन्छ । तर, ‘खै हामीलाई दक्षिणा ?’ भनेर मागेरै लिनुपर्छ ।
६३) भाइटीकामा दिदीलाई नगदमै दक्षिणा दिनहुन्छ कि लुगाहरू गिफ्ट दिनुहुन्छ ?
नगदमै दिनुहुन्छ । गिफ्ट किन्न त कतिखेर जानु ? कसले मिलाइदिनु ?

रिसाउने/हाँस्ने
६४) रिसाउने कत्तिको गर्नुहुन्छ ?
उस्तो त एकदमै सरल हुनुहुन्छ । कसैले चाहिने, नचाहिने कुरा गर्नुभयो भने निकै भड्किनुहुन्छ । तर, धेरै बेर रिसाउनुहुन्न, एकछिनमा रिस शान्त भइहाल्छ ।
६५) कस्ता कुरामा रिसाउनुहुन्छ ?
स–साना काम पनि आफूकहाँ ल्याउँदा झर्को मान्नुहुन्छ । ‘ए यो त सचिवालयबाटै गराऊ न, मलाई संविधानकै बारेमा यत्रो तनाव छ’ भन्नुहुन्छ ।
६६) बाहिरको रिस परिवारभित्र कति रिफल्याक्ट गर्नुहुन्छ ?
अहँ, गर्नुहुन्न । उहाँ यति सहनशील हुनुहुन्छ कि हामी त्यति सक्दैनौँ । प्रधानमन्त्रीलाई कति थरी तनाव होला ? कामको कति लोड होला, तर पनि दाह्रा किटेर सहनुहुन्छ । अति भएपछि मात्रै सामान्य भन्नुहुन्छ । अरूजस्तो गाली गर्ने, तितो बोल्ने गर्नुहुन्न । तर, एकैछिनमा शान्त भइहाल्नुहुन्छ ।
६७) परिवारका सदस्यसँग अलि धेरै झर्किएका घटना छन् ?
कहिलेकाहीँ त झर्किहाल्नुहुन्छ नि ।
६८) रिस शान्त भएपछि आफैँ फकाउनुहुन्छ ?
फकाउनुपर्ने पनि हुँदैन । उहाँले फकाउँदा पनि फकाउनुहुन्न । एकछिनपछि आफैँ बिर्सनुहुन्छ ।
६९) परिवारका सदस्यहरूसँग कत्तिको ठट्टा गर्नुहुन्छ ?
कहिलेकाहीँ गर्नुहुन्छ । जिस्क्याउनुहुन्छ । ‘यो दुब्लाएछ, मोटाएछ, के हो यस्तो ?’ भनेर जिस्कनुहुन्छ ।

खुसी–दु:खी
७०) कस्ता घटनामा एकदमै खुसी बन्नुहुन्छ ?
अस्ति चार दलको वार्ता मिलेको दिन एकदम खुसी हुनुहुन्थ्यो । चार दलमा कुरा मिलाएर माथि उक्लिँदा एकदम रिल्याक्स मुडमा हुनुहुन्थ्यो । ‘ल के खाने आज, के गर्ने हो ? अब संविधान बन्ने भयो, शान्ति हुन्छ’ भन्दै हुनुहुन्थ्यो । यस्ता घटनामा एकदम खुसी बन्नुहुन्छ ।
७१) खुसी कसरी बाँड्नुहुन्छ ?
सबैसँग सेयर गर्नुहुन्छ । तर, खुसीमा एकदम मात्तिने र दु:खमा एकदम निरास हुने उहाँको बानी छैन ।
७२) पछिल्लो समय धेरै खुसी कहिले हुनुभयो ?
१६ बुँदे सहमति भएको दिन एकदमै खुसी हुनुहुन्थ्यो । मध्यरातिसम्म सुत्न नपाउँदा पनि दिनभरिको थकान उहाँको अनुहारमा कत्ति पनि देखिएको थिएन । दलहरूबीच ६ प्रदेशमा सहमति भएको दिन पनि एकदमै खुसी हुनुहुन्थ्यो । नयाँ पत्रिकाले आयोजना गरेको फुटबल प्रतियोगिता खेलेको दिन पनि एकदमै खुसी हुनुभो ।
७३) फुटबल खेलेको दिनको प्रतिक्रिया कस्तो थियो ?
एकदम प्रफुल्ल देखिनुहुन्थ्यो । ‘म अझै खेल्थेँ, २५–२७ मिनेटसम्म मात्रै खेलियो’ भन्नुभो । हामीले पनि ‘हजुर हुन्जेलसम्म एक गोल पनि हानेको थिएन, हजुर मैदानबाट निस्किएपछि टिमले गोल खायो’ भनेर जिस्क्यायौँ ।
७४) के भन्नुभो त उहाँले ?
‘त्यही त म निस्केपछि गोल भो, म भा भए त नहुन पनि सक्थ्यो’ भन्नुभो ।
७५) फुटबल खेलेको दिन थकान कति महसुस गर्नुभयो ?
थाकेको देखिनुभएन । बरु, फुर्तिलो देखिनु भो ।
७६) आफूले खेलेको फुटबल प्रतियोगिताको भिडियो हेर्नुभो कि हेर्नुभएन ?
ए, सबै हेर्नुभो । आफूले कुदेको, खुट्टाले बल हिर्काएको, उफ्रिएको सबै हेर्नुभो । खुसी हुनुभयो ।
७७) कस्ता घटनामा धेरै दु:खी बन्नुहुन्छ ?
भूकम्प गएका वेला एकदम दु:खी बन्नुभयो । ‘त्यत्रा मान्छे मरे, धनजनको क्षति भो’ भनेर दु:खी हुनुभएको थियो । ‘मान्छेहरूले कति दु:ख पाए, पानीमा भिजेर रात बिताउनुपर्यो’ भनेर टिभीमा समाचार हेर्दैपिच्छे दु:ख व्यक्त गर्नुहुन्थ्यो । टीकापुर घटनामा प्रहरी र नाबालकको मृत्यु हुँदा, तराईको आन्दोलनमा सर्वसाधारणले ज्यान गुमाउँदा पनि एकदम दु:ख मान्नुभएको छ । ‘एक–अर्कालाई लडाएर देशलाई असफल बनाउँदै छन्, किन नबुझेका होलान् मान्छेहरूले’ भन्नुहुन्छ ।
७८) कसले त्यस्तो गरायो भन्नुहुन्छ ?
यो, ऊ भनेर त कसैलाई भन्नुहुन्न, तर ‘सबैले भड्काइरहेछन्’ भन्नुहुन्छ ।
७९) आफ्ना दु:ख अरूसँग सेयर गर्नुहुन्छ कि गर्नुहुन्न ?
सितिमिती दु:ख सेयर गर्नुहुन्न । शिवजीले विष पिएजसरी आफैं सहनुहुन्छ, आफैं खप्नुहुन्छ । हामीले ‘हजुरलाई कस्तो गाह्रो भयो’ भन्दा त ‘मेरो जिन्दगी यस्तै हो’ भन्नुहुन्छ ।

उपहार आदान–प्रदान
८०) साथीभाइ, परिवारका सदस्यलाई उपहार कत्तिको दिनुहुन्छ ?
देखाएर एकदम हाइफाइ त गर्नुहुन्न, तर दिउँm भन्ने भावनाचाहिँ छ । केटाकेटीलाई चकलेट दिनुहुन्छ । काम गर्नेलाई आफू विदेश जाँदाखेरि जति होस् हातमा राखिदिनुहुन्छ ।
८१) विदेशबाट आउँदा केही ल्याइदिनुहुन्छ कि हुन्न ?
ल्याइदिनुहुन्छ । केही न केही लगिदिउँ भन्ने भावना हुन्छ उहाँमा ।
८२) तपाईंलाई ल्याइदिएको सम्झिराख्ने उपहार के छ ?
एकपल्ट धेरै अगाडि बम्बईबाट फर्किँदा कुर्ता–सलवार ल्याइदिनुभएको थियो । पोहोर साल अमेरिकाबाट पनि ज्याकेट ल्याइदिनुभएको थियो । मेरो छोरा अमेरिकामै छ, उसलाई के दिउँ के दिउँ लागेछ उहाँलाई र आफूले लगाएको घडी फुकालेर दिनुभएछ ।
८३) जन्मदिन, म्यारिज एनिभर्सरीमा बधाई–उपहार दिने गर्नुहुन्छ कि गर्नुहुन्न ?
भड्किलो पार्टी नगर भन्नुहुन्छ सबैलाई । अस्ति उहाँकी दिदीको बर्थडे थियो, दिदीलाई भेटेर अंकमाल गरेर ‘विस’ गर्नुभो । सल गिफ्ट दिनुभो ।
८४) आफ्नो जन्मदिन याद हुन्छ कि हुन्न ?
उहाँको चिना हराएको छ । वास्तविक बर्थडे कहिले हो भन्ने थाहै छैन । अस्ति फेसबुकवाला बर्थ डेको दिन हामीले ‘रमाइलो गरौँ न त’ भनेर उहाँका लागि सानो केक लगेर गएका थियौँ । ‘ह्याप्पी बर्थ डे मामा, आज त तपाईंको बर्थडे मनाउने’ भन्यौँ । उहाँले ‘जिन्दगीमा बर्थडे मनाएको छैन, केक काटेको छैन, जाऊ तिमीहरू मनाउँदिनँ’ भन्नुभो ।
८५) उहाँको वास्तविक जन्मदिनबारे कसैलाई थाहा छैन त्यसो भए ?
पुस महिना हो भन्नेचाहिँ थाहा छ । गते र बार यही हो भन्ने यकिन छैन । धेरै सोधखोज गरेर बुधबार १६ गते हो कि भन्नेसम्म बुझेका छौँ ।
८६) चिनाचाहिँ कहिले हराउनुभएको हो ?
पूरै परिवार वीरगन्जमा हुनुहुन्थ्यो रे, घरमा चोर लागेछ । चोरले सबैका चिना राखेको बक्सा लगेर गएछ । घरमा कसैको पनि चिना छैन ।
८७) चिना चोरिएकोमा कत्तिको दु:ख मान्नुहुन्छ ?
कहिलेकाहीँ कसैले सोध्नुहुन्छ, ‘दाइ कति सालमा जन्मनुभएको’ भनेर । त्यतिवेला ‘खै मेरो त चिना नै चोरिएको हो, छैन’ भन्नुहुन्छ ।
८८) जिद्दी गर्ने स्वभाव कत्तिको छ ?
ओहो, उहाँको जिद्दी । कुरै नगर्नुस् । उहाँले जिद पक्रिएपछि छाड्नुहुन्न । जिद्दी त असाध्यै गर्ने बानी छ ।
८९) कस्ता कुरामा धेरै जिद्दी गर्नुहुन्छ ?
हरेक कुरामा उहाँको धारणा बनेपछि अडिग रहनुहुन्छ । गर्छु भनेपछि गर्ने, नगर्ने भनेपछि नगर्ने । त्यसबाट टसमस हुनुहुन्न । ‘यो कुरा तिमीहरूले भन्दा मैले जानेको छु’ भन्नुहुन्छ । खानेकुरादेखि लाउने कुरासम्म जिदचाहिँ छ उहाँको ।
९०) सम्झाउँदाखेरि कत्तिको मान्नुहुन्छ ?
हामीहरू उहाँभन्दा सबै हिसाबले जुनियर हौँ । हामीले त धेरै भन्यौँ भने ‘यसो गर्दा ठीक हुन्थ्यो कि’सम्म भन्ने हो । उहाँभन्दा ठूला मान्छेले पो सम्झाउने हो, हामी त बुहारी पर्यौँ । उहाँले जिद्दी गरेपछि हामी चुप लाग्छौँ ।
९१) परिवारका सदस्यसँग कति खुलेर गफगाफ गर्नुहुन्छ ?
फुर्सद मिल्यो भने कुराकानी गर्न रुचाउनुहुन्छ । धक फुकाएर गफ गर्नुहुन्छ । एकदम फ्रयांक भएर कुरा गर्नुहुन्छ ।
९२) कस्ता कुरा गर्नुहुन्छ ?
‘अब प्रधानमन्त्रीबाट बिदा भएपछि मजाले घुम्छु । मैले राम्ररी कहिल्यै घुम्न पाएको छैन, जहिले घुम्न गयो गिरिजा दाजुले आइज चाँडो यता काम छ भन्नुहुन्थ्यो । अबचाहिँ आनन्दले घुम्नुपर्छ’ भन्नुहुन्छ ।
९३) घुमघाम गर्दाका रमाइला घटना सुनाउनुहुन्न ?
सुनाउनुहुन्छ । अमेरिकातिर जाँदा घुमेको, नेपालमै पनि विभिन्न ठाउँमा जाँदा ‘साथीभाइले कस्तो माया गरेर राखे, खुवाए, प्रेम जनाउँछन्’ भन्नुहुन्छ । बनारस र दिल्लीमा हुँदाका घटना पनि सम्झनुहुन्छ ।
९४) कुन–कुन घटना सम्झनुहुन्छ ?
बनारसमा सोया पालक खाएको सम्झनुहुन्छ । उहाँहरूले प्लेन हाइज्याक गरेपछि एकपटक दिल्ली जानुभएको थियो रे, अर्कै नामले चिनाउनुहुन्थ्यो रे त्यहाँ । जाडोको सिजनमा सान्दाजु (बिपी)सँग कोट किन्न पैसा माग्नुभएछ । उहाँले ६० रुपैयाँ दिनुभएछ । त्यो पैसाले कोट किनिसक्नेबित्तिकै तीनतिरबाट गाडीले घेरेर उहाँलाई कसैले कब्जामा लिएछन् । ‘तँ सुशील कोइराला होइनस्’ भनेर सोध्दा उहाँले ‘होइन म त’ भनेर अर्कै नाम भन्नुभएछ । तर, उनीहरूलाई सबै थाहा रहेछ । लगेर जेलमा राखेछन् । किनेको कोट पनि लगाउन पाउनुभएनछ ।

रक्सी र चुरोट
९५) रक्सी, चुरोट खाने बानी कत्तिको थियो ?
रक्सी त खानुहुन्थेन, चुरोट भने खानुहुन्थ्यो ।
९६) कुन ब्रान्डको चुरोट खानुहुुन्थ्यो ?
५५५ चुरोट खाएको मात्र देख्थेँ, ब्रान्ड थाहा भएन ।
९७) दैनिक कति खानुहुन्थ्यो चुरोट ?
खाइराख्नुहुन्थ्यो । अब दिउँसो बाहिर निस्कनुहुन्थ्यो, कति खानुहुन्थ्यो, कसरी भनूँ ?
९८) उहाँले ‘ऊ’ भन्ने थेगो प्रयोग गर्नुहुन्छ । त्यसबारे अरूले जिस्क्याउँछन् भन्ने उहाँलाई थाहा छ कि छैन ?
किन थाहा नहुनु ? कहिलेकाहीँ हामीले नै मामा अब ‘ऊ’ गरेर ऊ गर्नुपर्छ भनेर जिस्क्याउँछौँ । ‘तपाईंको एउटा वाक्यमा सातवटा ‘ऊ’ हुन्छ’ भनेर भन्छौँ ।
९९) अनि, के भन्नुहुन्छ उहाँले ?
केही भन्नुहुन्न, हाँस्नुहुन्छ । उहाँको थेगोका कारण हाम्रो परिवारमा सबैको ‘ऊ गर्ने’ भन्ने बानी परिसकेको छ । मेरो श्रीमान् पनि ‘ऊ’ भन्ने, अतुल बाबु पनि ‘ऊ’ भन्ने, हुँदाहुँदा मेरो पनि ‘ऊ’ भन्ने बानी परिसक्यो । त्यसले सबैका कुरा एकअर्कालाई बुझ्न पनि सजिलो बनाउने रहेछ ।
१००) कहिलेकाहीँ थेगोका कारण उहाँका कुरा बुझ्न गार्हो हुँदैन ?
हुँदैन । उहाँले ‘ए तिमीहरूले ऊ गर्यौ ?’ भनेर सोध्नुहुन्छ । हामीले ‘हजुर मामा ‘ऊ’ गरिसक्यौँ’ भन्छौँ । (हाँसो) हाम्रो घरमा मामाको सबैभन्दा रमाइलो पक्ष भनेकै ‘ऊ’ हो क्या ।
१०१) सामाजिक सञ्जालमा कत्तिको अभ्यस्त हुनुहुन्छ ?
एकदम रुचि छ त्यसमा, तर समय पाउनुहुन्न । फुर्सद भएको वेला ‘सिकाइदेऊ न मलाई पनि’ भन्नुहुन्छ । ‘मेरो मोबाइलमा पनि समाचार आउने बनाइदेऊ न’ भन्नुहुन्छ ।

नयाँ पत्रिका दैनिकका लागि खगेन्द्र पन्तले गरेको कुराकानी जस्ताको तस्तै

|
Post a Comment