Headlines News :
Home » » देश मुठभेडतिर गईरहेको छ .... मर्ने मारिनेको संख्या दिनदिनै बढ्दैछ यस्तो बेला प्रधानसेनापति क्षेत्री भन्छन् सुरक्षा खतरा सामना गर्न सेना तयार , पुरा पढ्नुहोस्:-

देश मुठभेडतिर गईरहेको छ .... मर्ने मारिनेको संख्या दिनदिनै बढ्दैछ यस्तो बेला प्रधानसेनापति क्षेत्री भन्छन् सुरक्षा खतरा सामना गर्न सेना तयार , पुरा पढ्नुहोस्:-

Written By kantipur on Saturday, September 12, 2015 | 1:08 PM

काठमाडौँ, २६ भदौ ।   प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पदभार ग्रहण गरेको भोलिपल्ट शुक्रबार देशभरका सबै युनिटलाई सम्बोधन गर्दै परिवर्तित परिस्थितिमा थपिएको सुरक्षा चुनौती सामना गर्न एकजुट भएर काम गर्न निर्देशन दिएका छन् । प्रधानसेनापतिले संविधान जारी भएपछि राजनीतिक स्थिरता आउनेसमेत अपेक्षा गरेका छन् ।
सैनिक मञ्च टुँडिखेलबाट सेनाका पृतना, बाहिनी, गण, गुल्म तथा शिक्षालयलगायत एक सय ३६ स्थानमा एकैसाथ लाइभ मल्टिकास्ट गरिएको सम्बोधनमा क्षेत्रीले बाह्य र आन्तरिक सुरक्षा वातावरण अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट रहेको र यसका प्रभाव नेपालको राष्ट्रिय सुरक्षामा समेत परिरहेको भन्दै सेना यसको सामना गर्न तयार रहेको बताएका हुन् । उनले संविधानद्वारा निर्दिष्ट महत्त्वपूर्ण राष्ट्रिय हितविरुद्ध उत्पन्न हुनसक्ने आन्तरिक र बाह्य सुरक्षा खतरा तथा चुनौतीको प्रभावकारी ढंगले सामना गर्न सेना तयार रहेको बताएका थिए ।
प्रधानसेनापति क्षेत्रीले अहिले मुलुक जटिल चुनौतीको दोसाँधमा उभिएको र वीर पुर्खाले निर्माण गरेको मजबुद जगमा उभिएर राज्यका सबै शक्ति संयन्त्रसँग हातेमालो गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । आफ्नो कार्यकालमा सेनालाई पेसागत सैनिक तालिम, हातहतियार तथा उपकरणको उपलब्धता, अपरेसनल तयारी, उच्च हौसला तथा अनुशासनमार्फत अझ संगठित, सुदृढ र सबल बनाइनेसमेत क्षेत्रीले प्रतिबद्धता गरेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger