Headlines News :
Home » » आजको राशिफल, पुरा पढ्नुहोस्

आजको राशिफल, पुरा पढ्नुहोस्

Written By kantipur on Saturday, September 19, 2015 | 10:25 PM

वि.सं. २०७२ साल असोज ३ गते। आइतबार। इश्वी सन् २०१५ सेप्टेम्बर २० तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– सप्तमी, २१:०५ बजेउप्रान्त अष्टमी। नक्षत्र– ज्येष्ठा, २७:१५ बजेउप्रान्त मूल।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसमस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerकेही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। चोरी वा ठगीमा परिने योग भएकाले होसियार रहनुपर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा अलि सावधान रहनुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoचिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। पारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकाममा रोकावट र कममात्र फाइदा हुने समय छ। सहयोगीहरू पछि हट्नाले अप्ठ्यारोमा परिनेछ। आर्जित धन तत्काल खर्च हुन सक्छ। पुरानो समस्याले पनि झमेला आइलाग्ने योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले गरेका काममा भने लाभ मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioमान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रतिष्ठित काम गर्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। कामबाट फुर्सद पनि मिल्नेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornखर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusधेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger