Headlines News :
Home » » आज ऐतिहासिक दिन, कडा व्यवस्थासहित संविधान घोषणा समारोहको भव्य तयार

आज ऐतिहासिक दिन, कडा व्यवस्थासहित संविधान घोषणा समारोहको भव्य तयार

Written By kantipur on Saturday, September 19, 2015 | 10:33 PM




काठमाडौं, ३ असोज - आफ्नो लागि आफैं संविधान बनाउने नेपाली नागरिकको वर्षौंदेखिको सपना आज पुरा हुँदैछ।

संविधानसभाले पारित गरेको र सभासदको हस्ताक्षर सहित सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रमाणित गरेको संविधान आइतबार साँझ ५ बजे विशेष समारोहको आयोजना गरेर सार्वजनिक गरिदैंछ। समारोहमा राष्ट्रपति डा यादवले नेपालको संविधान जारी भएको घोषणा गर्नेछन्। समारोहलाई भव्य बनाउन सचिवालयले संविधानसभा भवनलाई सिँगारेर चिटिक्क पारिएको छ भने विभिन्न रङका बत्तीले सजाइएको छ।

नेपालको झण्डा लहरै भवनको अघिल्लो लहरमा फहराइएको छ भने ध्वजापतकाले भवनलाई चिटिक्क बनाइएको छ। सुरक्षाको पाटोलाई ध्यान दिँदै नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको तैनाथी गरिएको छ। संविधान घोषणा समारोहलाई व्यवस्थित बनाउन सबै तयारी पूरा भएको सभाध्यक्ष नेम्बाङले जानकारी दिए। विशेष समारोहमा सहभागी हुने विशिष्ठ पाहुनाका लागि विशेष प्रवेश पासको व्यवस्था गरिएको छ।

पूर्व सभासद् तथा अति विशिष्ठ व्यक्तित्वलाई निम्त्याइएको छ। नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, नागरिक समाजका अगुवा, वरिष्ठ सञ्चारकर्मी, उद्योगी तथा व्यवसायीलाई निमन्त्रणा गरिएको सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए। उनका अनुसार दुई हजार पाँच  सय भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger