
|
काठमाडौं, असोज ५ । एएफसी अन्डर सिक्सटिन च्याम्पियनसीप फुटबलका लागी छनोट भएको नेपाली किशोर टोली मंगलबार(आज) स्वदेश फर्किएको छ ।
कीर्गिस्तानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल आइपुगेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब केशब बिष्ट, अखिल नेपाल फुटबल संघका पदाधिकारी तथा समर्थकहरुले
भब्य स्वागत गरेका छन् ।

कीर्गिस्तानमा सम्पन्न छनोट प्रतियोगितामा उत्कृष्ट उपबिजेता हुँदै नेपाल आगामी वर्ष भारतमा हुने प्रतियोगिताका लागी छनोट भएको हो ।
नेपालसहित जोर्डन, ओमान र कीर्गिस्तान सम्मिलित समुहको पहिलो र दोस्रो खेलमा जोर्डन र कीर्गिस्तानलाइ पराजित गरेको नेपाली टोली अन्तिम खेलमा ओमानसँग भने पराजित भएको थियो ।
ओमानसँग पराजित भएसँगै समुह बिजेता बनेर अर्को चरणमा प्रबेश गर्ने मौका गुमाएको थियो नेपाली टोली ११ वटा समुहको उपबिजेता मध्य उत्कृष्ट चार उपबिजेता भित्र पर्दै प्र्रतियोगिताको फाइनल चरणका लागी छनोट भएको हो ।
नेपाली अन्डर सिक्सटिन टोली यस अघि तीन पटक प्रतियोगिताका लागी छनोट भए पनि देश भन्दा बाहिर प्रतियोगिता खेलर छनोट भएको भने यो पहिलो अवसर हो ।

|
Post a Comment