Headlines News :
Home » » माईपोखरीमा पानीको सतह बढ्दै Read More..

माईपोखरीमा पानीको सतह बढ्दै Read More..

Written By kantipur on Tuesday, September 22, 2015 | 7:34 AM

इलाम, ५ असोज । पूर्वकै धार्मिक तथा पर्यटकीयस्थल इलामको माईपोखरीमा यतिबेला पानीको सतह बढ्दै गएको छ । तीन वर्षदेखि निरन्तर रूपमा पानीको सतह घट्न गएकामा यसपटक भने पानीको सतह पहिलेकै अवस्थामा पुग्न लागेको हो ।
विसं २०६८ असोजमा गएको भूकम्पपछि पानी सुक्दै गए पनि हाल आएर पानीको सतह पहिलेकै अवस्थामा पुगेको हो । पानी बढेर पोखरीको उत्तरपट्टिको सिँडीसम्म पुगेको सुलुबुङका युवराज पौडेलले बताउनुभयो । पानीको सतह बढेपछि बिग्रिँदै गएको माईपोखरीको स्वरूप क्रमशः पहिलेकै अवस्थामा पुगेको छ । पानी बढेपछि अहिले आन्तरिक पर्यटक आगमनसमेत बढेको छ ।
यहाँको सिमसार र जैविक विविधताले महत्वपूर्ण मानिएको माईपोखरी रामसार क्षेत्र हो । यसलाई अतिसंवेदनशील क्षेत्रसमेत मानिँदै आएको बालमण्डल उच्च मावि शिक्षक टीकानाथ पौडेल बताउनुहुन्छ । नयाँ वर्ष र ठूली एकादशीका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । इलाम सदरमुकामबाट करिब १३ किलोमिटर उत्तर तथा समुद्र सतहदेखि दुई हजार एक २१ मिटर उचाइमा रहेको माईपोखरी र आसपासको वन क्षेत्रमा रैथाने गलैँचे झ्याऊ, रूख भ्यागुतो, ठकठकेजस्ता लोपोन्मुख वनस्पति र वन्यजन्तु पाइन्छन् ।
यहाँ तीन सयभन्दा बढी प्रजातिका चरा, १६ प्रजातिका सुनाखरी, गुराँस, चिराइतो, कुड्की, विखमा, लौठसल्लालगायत ६२ प्रजातिका जडीबुटी, तीन प्रजातिका रैथाने माछा, छ किसिमका उभयचर, १२ प्रजातिका सर्प र १४ प्रजातिका स्तनधारी प्राणी पाइन्छन् । १० हेक्टर क्षेत्रफल भएको जमिनमा फैलिएको माईपोखरीको दुई हेक्टर जलाशयसहित १२ हेक्टर क्षेत्रफललाई जैविक विविधताको दृष्टिले संवेदनशील मानिन्छ । पोखरीवरिपरि २१ वटा साना सिमसार क्षेत्र रहेका छन् । रासस
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger