
|
जनकपुरमा प्रदर्शनकारी र प्रहरी बीचको झडपमा प्रहरीको गोली लागेर दुई प्रदर्शनकारीको मृत्यु भएको छ । शुक्रबार दिउँसो जनकपुर मिल्स क्षेत्रमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो ।
प्रहरीले चलाएको गोली लागेर धनुषा जमुनियाका १८ वर्षीया नितु यादव र सबेलाका विनोद साहको मृत्यु भएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ । नितुको घटनास्थलमै र साहको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
मधेसी मोर्चाले आह्वानमा जारी ‘चलु जनकपुर भरु जनकपुर’ अभियानमा सहभागी नितु र विनोदको प्रहरीको गोली लागेर मृत्यु भएको हो ।
प्प्रदर्शनकारी जबरजस्ती जनकपुर नगरमा पस्न खोजेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीको गोली लागेर अन्य ११ जना प्रदर्शनकारी गम्भीर घाइते भएका छन् भने दर्जनौको संख्यामा प्रदर्शनकारी घाइते भएका छन् ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएकाको जनकपुर अस्पतालमा उपचार भइरहेको छ । प्रशासनले घोषणा गरेको कफ्र्यू तोड्न मधेसी मोर्चाले बिहिबार देखिनै गाउँगाउँबाट कार्यकर्ता ल्याएको थियो ।
जनकपुर नगर क्षेत्रमा प्रदर्शनकारीले प्रवेश गर्न खोज्दा भएको झडप अझै जारी छ । भिड नियन्त्रणमा लिन प्रहरीले सय भन्दा बढी राउन्ड गोली चलाइसकेको छ । प्रहरीले हवाई फायरिङ्गर्दा समेत प्रदर्शनकारी निशेधित क्षेत्रमा प्रवेश गरेपछि गोली चलाउनु परेको बताएको छ ।
- See more at:

|
Post a Comment