Headlines News :
Home » » चीनले बनायो ड्राइभर विनाको यात्रु बसयसरीगुड्यो (भिडियो सहित)

चीनले बनायो ड्राइभर विनाको यात्रु बसयसरीगुड्यो (भिडियो सहित)

Written By kantipur on Thursday, October 1, 2015 | 12:09 PM

इन्टरनेट कम्पनी गुगलले चालकवीहिन कारको परीक्षण गरिरहेको छ । तर गुगललाई माथ दिँदै चीनले भने विश्वमै पहिलोपटक चालक वीहिन यात्रुबाहक बस गुडाइदिएको छ । चिनिया गाडी निर्माता कम्पनी युटोंगले पहिलोपटक निर्माण गरेको चालकरहित बस खचाखच यात्रुहरु बोकेर ३२ किलोमिटर सफलतापूर्वक गुडेको छ । 

पूर्णत स्वचालित यो बस गुड्ने क्रममा कुनैपनि मानवीय सहायता यसलाई आवश्यक परेन । हेनान प्रान्तको सडकमा यो बसको परीक्षण गुडान भएको हो । १०.५ मिटर लामो यो बसले झेंगझोउ सहर र केइफेंग सहरसम्मको दूरी पार गरेको हो । यो यात्रुबाहक बसले ३२ किलोमिटरको दूरी पार गर्ने क्रममा २६ पटक ट्राफिक लाइटबाट गुज्रियो ।

 त्यस्तै लेन पनि परिवर्तन गर्यो र अर्को गाडीलाई ओभरटेक गर्न समेत सफल भयो । भिडियो हेर्नुहोस्यो ड्राइभरलेस बसको प्रथम परीक्षण सफल भएपनि अझै व्यवसायिक रुपमा सडकमा उतारिने भने छैन र अझै पनि प्रयोगमै रहनेछ ।

 चाइनिज एकेडेमी अफ इन्जिनियरिंगका इन्जिनियरहरु यो बसको निर्माणमा खटिएका थिए । सन् २०१२ देखि यो बसको निर्माण सुरु भएको थियो । स्मरण रहोस् विश्वकै पहिलो चालक रहित बस निर्माण गर्ने युटोंग चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी पनि हो । योे चालकवीहिन बसमा दुइवटा क्यामरा, ४ वटा लेजर राडार, एक सेट मिलिमिटर वेभ राडार तथा एकिकृत नेभिगेसन सिस्टम रहेको छ । कम्पनीका अनुसार यो कार ड्राइभर विना आफै चल्ने मात्र होइन मानिसले चलाउन समेत सकिने सिन्हवाले जनाएको छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger