Headlines News :
Home » » धनकुटाको डाँडाबजारमा गएराति आफ्नै देवरले भाला हानेर आफ्नै भाउजूको हत्या पुरा पदनुहोस

धनकुटाको डाँडाबजारमा गएराति आफ्नै देवरले भाला हानेर आफ्नै भाउजूको हत्या पुरा पदनुहोस

Written By kantipur on Thursday, October 1, 2015 | 12:22 PM



धनकुटा: धनकुटाको डाँडाबजारमा गएराति देवरले भाला प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन्।

डाँडाबजार-२ का ३२ वर्षीय कालीबहादुर याखाले भाउजू ३४ वर्षीया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। भाला प्रहारबाट शरीरका विभिन्‍न भागमा चोट लागेकी मोतिमायाको घटनास्थलमै मृत्यु भएको हो।


राति करिब ८ बजे घटना भएलगत्तै डाँडाबजार अस्थायी प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक मोहितकुमार यादव नेतृत्वमा गएको टोलीले घटनास्थलबाट हत्यामा प्रयोग भएको भालासहित देवर कालीबहादुरलाई नियन्त्रणमा लिएको छ।

शव परीक्षण र घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय राति टोली जान समस्या भएपछि बिहान प्रहरी नायब निरीक्षक दिनेश अधिकारी नेतृत्वको टोली घटनास्थल पुगेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।

मृतकका श्रीमान् ताराबहादुर याखा वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन्। घरमा पाँच वर्षीया छोरी छन्। श्रीमान् विदेश गएपछि घरमा देवर भाउजू र छोरी बस्दै आएका थिए।

देवरले भाउजूको हत्या गर्नुको कारण भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रवक्ता विमल बस्नेतले जानकारी दिए।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger