
|
काठमाडौं । सहमतीय सरकार गठनका विषयमा छलफल गर्न भोलि सोमबार बिहान व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरेका सबै दलको सहभागितामा सर्वदलीय बैठक बस्ने भएको छ ।
राष्ट्रपति डा रामबरण यादवले सहमतीय सरकार गठनका लागि दललाई आह्वान गरेबमोजिम सोही विषयमा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्ने भएको प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए ।
सर्वदलीय बैठक बस्नुअघि प्रमुख तीन दल नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी को बैठक बस्ने सम्भावना रहेको बताइएको छ ।

राष्ट्रपतिको आह्वानसँगै राष्ट्रिय सहमतिको सरकार गठनका लागि दलले विभिन्न तहमा छलफल चलाइरहेका छन् । ती दलले आन्तरिक र बहुपक्षीय छलफललाई तीव्रता दिएका छन् ।
- See more at:

|
Post a Comment