Headlines News :
Home » » कस्मिरबाट गोर्खा शैनिकले यसरी थकाए भारतीय प्रधानमन्त्री मोदीलाई पुरा पदनुहोस (चिठीसहित)

कस्मिरबाट गोर्खा शैनिकले यसरी थकाए भारतीय प्रधानमन्त्री मोदीलाई पुरा पदनुहोस (चिठीसहित)

Written By kantipur on Saturday, October 3, 2015 | 1:28 PM

प्रधानमन्त्री नरेन्द्र मोदी साहेब !
म भारतीय सेनाको नवौँ गोर्खा राइफल्समा कार्यरत भारतीय गोर्खा सैनिक हुँ । म अहिले ड्युटीको क्रममा भारत–पाकिस्तानको सीमा क्षेत्र जम्मु काश्मिरको लेकमा छुु । भारतीय भूमिमा उभिएको छु । मेरो हातमा भारत सरकारको राइफल छ । यदि कसैले यो सीमामा भारतविरुद्ध तलमाथि गर्‍यो भने मैले उसलाई खत्तम पार्नुछ । पार्न सक्छुु । मेरो अहिलेको जिम्मेवारी यही हो । मैले भारत सरकारको बन्दुुक बोकेको आगामी मंसिरबाट १० वर्ष पुग्दै छ । भारतीय माटोमा मैले जीवन बिताएको पनि १० वर्ष नै भयो ।
म भारतीय माटोमा उभिएको छुु, मेरो हातमा भारतीय बन्दुुक छ, तर मेरो मन उतै नेपालमा छ, जहाँ मैले मेरा १९ वर्ष बिताएको छुु । फेरि पनि जानुुपर्नेछ त्यहीँ । मेरो बाल्यकाल जहाँ बित्यो, त्यहीँ बित्नेछ बुढेसकाल पनि । मेरो दिमाग, मेरो हृदय सबै–सबै उतै छन् ।
सम्झिरहेको छुु, पूर्वी नेपाल भोजपुरको उही पिखुवा र इरखुुवाको चिसो पानी र असला माछा । सम्झिरहेको छुु, उही मैयुङ र सिलिचुुङ । साल्पा पोखरीको मेला, इरखुवाको दुुवालीमा मेरो खुसी छ । मेरो भोजपुर, पिखुुवा, इरखुुवा सबै मेरा आकांक्षा हुन् । तर, यो जम्मु काश्मिर केवल जागिर हो मेरो ।

सिमानामा हामी छौँ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।

मलाई माफ गर्नुहोस् !

तपाईंलाई सलाम गर्ने यो हातले आज कलम समात्यो । तपाईंले दिनुुभएको राइफलले तपाईंका दुश्मनविरुद्ध गोली निकाल्ने औँलाले अक्षर लेख्यो । म फेरि पनि माफी चहान्छुु, कि मैले भारतीय सेनाको नवौँ गोर्खा राइफल्समा भर्ना हुँदा खाएको कसम केही छिनलाई भुुलेको छुु । मलाई थाहा छ, मैले सैनिक पेशामा रहँदा यस्तो लेख्नुु हुँदैन ।
मलाई यो पनि थाहा छ, यो सैनिक अनुशासनविपरीत हो । अझ मलाई यो पनि थाहा छ, मैले मेरो कर्तव्य भुल्दै छुु । कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ कि, अनुशासन र कर्तव्यभन्दा अरू नै बलशाली भएर आउँदा रहेछन् । हो, यसबेला मलाई भारतीय सेनाको कर्तव्य र अनुशासनभन्दा मैले १९ वर्ष बिताएको र अब धेरै वर्ष बिताउनुुपर्ने मातृभूमिको माया बलशाली भएर आएको छ । म जुन देशको सेवामा छुु, त्यही देशले आफ्नो देशमाथि नाकाबन्दी गर्दा बहुतै चित्त दुख्दो रहेछ । मन फाट्दो रहेछ । आउँदो रहेछ, आँशुु  ।

यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला ?

यति सम्झिदिनुहोला, यो कुनै सैनिक विद्रोह होइन । यो त आँशुुको सचेतता हो । यति सोचिदिनुुभए पुग्छ, तपाईंको एउटा सैनिकले यत्रो पत्र लेख्ने हिम्मत कसरी जुटायो होला ?
हामी हजारौँ नेपाली तपाईंको सेवामा छौँ । हामी सबै गोर्खाली आज बेचैन छौँ, किनभने तपाईंले हाम्रो देशमाथि नाकाबन्दी गर्नुभएको छ । मेरा आफन्ता, परिवार, साथीभाइ र मेरा देशवासीले तपाईंको नाकाबन्दीका कारण अत्यन्त कष्टकर जीवन बिताइरहेका छन् । यस कारण हजुरलाई यो पत्र लेख्ने धृष्टता गरेको हुँ । यति लेख्दालेख्दै मलाई थाहा छ, मेरा देशका केही मधेशी, थारु, जनजातिहरू असन्तुष्ट छन् । उनीहरूको जायज मागको पक्षमा म पनि छु । तर, देशभित्रका असन्तुष्टिमाथि खेलेर तपाईंहरूले सन्तुष्टि लिइरहनुुभएको छ । हो, मेरो असन्तुष्टि तपाईंहरूको त्यही सन्तुष्टिको विरोधमा हो ।

प्रधानमन्त्री साहेब !

इतिहास लामो छ । कहानी धेरै छन् । दुई सय वर्ष पुग्यो, हामी गोर्खा सैनिकहरूले तपाईंहरूको भूमिको रक्षा गरेको । मेरो पुर्खाले भारतीय माटोका लागि रगत र पसिना बगाएका छन् । यो दुई सय वर्षमा लाखौँलाख नेपाली युवाले भारतीय माटोको रक्षाका लागि बेहिसाब खुन–पसिना दिएका छन् ।
हाल करिब ६५ हजारभन्दा बढी गोर्खाली सातवटा रेजिमेन्टमा कार्यरत छन् । हामीलाई थाहा छ, यी सातवटा रेजिमेन्टका ६० हजारभन्दा बढी गोर्खाली भारतको सबैभन्दा ठूलो सम्पत्ति हुन् । जसले आबश्यक परे संसार हल्लाइदिन्छ । हल्लाएको पनि थियो । संसार हल्लाउनेले भारत हल्लाउँदैन र ?

इतिहासलाई फर्केर हेर्नुहोस्, साहेब !

करिब एक वर्षअघि तपाईं हाम्रो देश नेपाल भ्रमणमा जानुभएको बेला हामीलाई असाध्यै खुशी लागेको थियो । हामीले हाम्रो पल्टनमा नम्बरी साथीहरूसँग खुशी मनाएका थियौँ । अझ तपाईंले जब नेपालको संविसानसभामा हामी गोर्खा सैनिकका बारेमा बोल्नुुभयो, त्यसले त हामीलाई झनै गर्व लागेको थियो । हामीले गरिरहेको सेवाको सार्थकता महसुस भएको थियो । तपाईंले नेपालको संसद्मा भन्नुुभएको थियो, ‘भारत निर्माणमा गोर्खालीहरूको ठूलो बलिदान र योगदान छ । भारतले लडेको यस्तो कुनै पनि युद्ध छैन, जहाँ गोर्खालीको रगत नबगेको होस् ।’
हो, सत्य त यही हो । आज हामी गोर्खालीहरू जम्मु काश्मिरमा छौँ, लद्दाखमा छौँ । जहाँ–जहाँ भारतीय सिमाना छन्, त्यहाँ–त्यहाँ छौँ । भारतलाई सबैभन्दा बढी खतरा जहाँबाट छ, हामी त्यहीँ छौँ । सिमानामा हामी छौँ र तपार्इंहरू दिल्लीमा निर्धक्क सुतेर मीठो सपना देख्नुहुन्छ । हामी जम्मु काश्मिर र लद्दाखमा अनिदो भएकै कारण तपाईंहरू दिल्लीमा निदाउन सक्नुभएको छ ।
Gurkha122
यति भनिसकेपछि म तपार्इंलाई इतिहासको सम्झना गराउन चाहन्छुु । भारतको सैनिक इतिहास एकपटक पल्टाएर हेर्न अनुरोध गर्दछुु । हामी नेपाली युवाले तपाईंको देशका लागि कति युद्धका मोर्चाहरू सम्हालेका छौँ । तपाईंलाई थाहा छ, समृद्धिको पहिलो शर्त शान्ति–सुरक्षा हो । शान्तिविना समृद्धि सम्भव नै छैन । हामी भारतको समृद्धिको पहिलो कारण हौँ, किनभने भारतको शान्ति र सुरक्षामा गोर्खालीहरूको ठूलो हात छ । देशभित्रको आन्तरिक व्रिदोह र विदेशीसँगको युद्धमा गोर्खा सैनिकले कति योगदान गरेका छन् ? संसार भलिभाँती जानकार छ ।


सम्झौता पढ्नुहोस्

हामी कसैले प्रचार गरिएजस्तो भाडाका सिपाही कदापि होइनौँ । ७ नोभेम्बर १९४७ मा ब्रिटेन, भारत र नेपालबीच भएको त्रिपक्षीय सम्झौताको आधारमा हामी भारतीय सेनामा भर्ती भएका हौँ । कसैलाई लागेको
होला, गोर्खालीहरू भाडाका सैनिक हुन्, जसले नुन दिएको छ उसकैको सोझो गर्नुपर्छ । हामी सबै मोर्चामा भारतको नुनको सोझो गरौँला, तर नेपाल र भारतको बीचमा झगडा भयो भने हामी नुनको सोझो गर्न बाध्य छैनौँ ।
सम्झौताको ८ बुँदामा प्रस्ट लेखिएको छ, ‘नेपाल आफैँ युद्धमा संग्लन रहेको स्थितिमा ब्रिटिस तथा भारतीय सेनामा रहेका सबै गोर्खा सैनिकहरूलाई फिर्ता बोलाउने अधिकार नेपालसँग सुरिक्षत रहेको छ ।’ यस कारण हामी भाडाका सिपाही होइनौँ । देशलाई संकट पर्दा हामी देशको पक्षमा गएर बढो ढुक्कका साथ लड्न सक्छौँ । सम्झौताले यही भनेको छ ।
विशेष अवस्थामा यो सम्झौता तपाईहरुले पालन गर्नुपर्छ, नेपाललाई हेपेर यो सम्झौताको खिलाफमा उत्रिनुहोला तर, सम्झीनुहोस्, याद गर्नुहोस्, यो विश्वब्रमाण्डमा केवल भारत मात्रै छैन । छन् धेरै देशहरु । ती देशहरुले सम्झौता पालन गर भनेर दबाब दिएको बेला के गर्नुहुन्छ ? अवज्ञा गर्न सक्नुहुन्छ ?

होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर
भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र ?

मैले भारत र नेपालबीच युद्ध हुन्छ भन्न खोजेको कदापि होइन । यो कुनै उत्तेजना पनि होइन । यतिबेला युद्ध कल्पनाको विषय पनि होइन । तर, यी तथ्य र सम्झौताहरू पनि तपाईं-हामीले सम्झिरहँदा राम्रो हुन्छ भन्ने हो । हामी भारत र नेपाल यस्तरी आपसमा बाँधिएका छौँ कि चाहेर पनि भारतले नेपालविरुद्ध लड्न असाध्यै गाह्रो हुनजान्छ । यी सबै तथ्यलाई ध्यानमा राखेर दुवै देशले असल छिमेकी बनिरहनुभन्दा अर्को विकल्प छैन । होला, नेपालले भारतसँग जोरी खोज्न सक्दैन, फेरि ६५ हजारभन्दा बढी नेपालीहरू आफ्नो सेनामा राखेर भारतले पनि त नेपालसँग निहुँ खोज्न त कसरी सक्ला र ?

तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।

अन्त्यमा नेपालका नेताहरूलाई

नेपालमाथिको भारतीय नाकाबन्दी गलत हो । तर, नेपालका नेताज्यूहरूले पनि आफ्नो आन्तरिक समस्या आफैँ समधान गर्न नसक्नुु कमजोरी हो । कही न कही कमजोरी भएकै कारण त आज नेपालमा भारत पस्यो । मेरो विचारमा मधेशी, थारु, अन्य उत्पीडित समुदायको जायज मुद्दालाई पनि भारतसँग जोडिदिनुु नेपालका लागि घातक हुन्छ । नेपालका मधेशी, थारु लगायतलाई एकातिर राख्नुहोस् । भारतलाई अर्कोतिर राख्नुहोस् । समस्या समधान हुन्छ ।
बाहिरकासँग लड्न सजिलो होला, सकिएला तर घरभित्रै झगडा अरूले खेले गाह्रो हुन्छ । हामीले जानेको युद्धको नियमले पनि यही भन्छ । तपार्इंहरूले गोरो चम्किलो अनुहारमा मात्रै देशको सुन्दर भबिष्य हेर्न छोडिदिनुहोस् । कालो अनुहारमा पनि सुन्दर देशको प्रतिविम्ब खोज्नुहोस् । चिम्सा आँखाभित्र पनि देशको उज्यालो खोज्नुहोस् । देश यसै बन्छ ।
मधेशीलाई पनि आफ्नै भन्नुहोस् । थारुलाई पनि आफ्नै सम्झिनुहोस् । सबै जाति–जनजातिलाई पनि आफ्नै भन्नुहोस् । तपाईंहरूले आफ्नो नभने अरू कसैले स्वार्थका लागि मेरो भनिदिन्छन् । मधेशी समृद्ध भए, थारु धनी भए, जनजाति धनी भए, भारत धनी हुँदैन, नेपाल नै धनी हुने हो । बस यति भनौँ । हिजो के थियो ? कसले के गर्‍यो ? त्यो मधेशी, थारु र जनजातिले खोजिहिँड्ने विषय हुँदै होइन । फेरि हिजोकै जस्तो हुनुपर्छ भनेर तपाईंहरूले रोजिहिँड्ने कुरो पनि होइन । हिजोलाई समीक्षा गरेर भोलिका लागि आज काम गर्ने हो सबैले । इतिहास र पुर्खालाई गाली गलेर देश बन्दैन । पुर्खाले जस्तै चलाउन खोजेर पनि देश बन्दैन ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger