Headlines News :
Home » » पालुंगो औषधीय गुणले भरिपूर्ण साग......

पालुंगो औषधीय गुणले भरिपूर्ण साग......

Written By kantipur on Monday, November 9, 2015 | 10:46 AM

कार्तिक १२, २०७२- पालुंगोमा पाइने गुण अन्य सामान्य सागसब्जीमा पाइँदैन । यसैले पालुंगो स्वास्थ्यको दृष्टिले अति उपयोगी मानिन्छ । यो सस्तो र सर्वसुलभ पनि हुन्छ ।
आयुर्वेद अनुसार, महिलाका लागि पालुंगोको साग अत्यन्त उपयोगी हुन्छ । महिलाले यदि आफ्नो अनुहारको नैसर्गिक सौन्दर्य र लालिमा बढाउन चाहन्छन् भने उनीहरूले नियमित रूपमा पालुंगोको रसको सेवन गर्नुपर्छ । पालुंगोको निरन्तर सेवनले छालामा निखार आउने देखिएको छ । छाला नरम पनि हुन्छ । स्निग्धता बढ्छ ।पालुंगो पकाएर, तरकारीका रूपमा खानुभन्दा काँचै खाँदा नै बढी लाभप्रद र गुणकारी हुन्छ । यसको सेवनले रगत शुद्घ हुन्छ ।
पालुंगो मुलुकको करिब करिब सबै भागमा पाइन्छ । यसको बिरुवा करिब एकदेखि डेढ फुट अग्लो हुन्छ । यो शीत ऋतुमा बढी मात्रामा उम्रिन्छ ।  यसमा पाइने तत्त्वमा मुख्यत: क्याल्सियम, सोडियम, क्लोरिन फोस्फोरस, फलाम, खिनिज, लवण, प्रोटिन, श्वेतसार, भिटामिन ‘ए’ र ‘सी’ आदि उल्लेखनीय छन । यी तत्त्वमा पनि फलाम विशेषत: पाइन्छ । लौह तत्त्व मानव शरीरका लागि उपयोगी, महत्त्वपूर्ण र अनिवार्य हुन्छ ।
फलामले गर्दा नै मानव शरीरको रगतमा स्थित रक्तानुमा रोग निरोधक क्षमता तथा रगतमा रातोपना आउँछ । आयुर्वेदका अनुसार शरीरमा फलामको कमीले शक्तिमा ह्रास, शरीर निष्तेज हुनु, उत्साह हिनता, स्फुर्तिको कमी, आलस्य, दुर्बलता, अरुचि र कलेजो सम्बन्धी बिकार उत्पन्न हुन्छ । पालुंगो साग वायु कारक, शीतल, कफ बढाउने, श्वास, पित्त, रक्त बिकार एवं ज्वरोलाई हटाउने मानिन्छ । आयुर्वेद अनुसार, पालुंगोको तरकारी सामान्यत: रुचिकर तथा छिट्टै पच्ने खालको हुन्छ ।
यसको बीउ शीतल दिने खालको हुन्छ । सास फेर्न कठिनाइ भएको, कलेजो सुन्निएको भए निको पार्न यही तरकारी उपयोगी मानिन्छ ।



Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger