Headlines News :
Home » » जब उपप्रधानमन्त्री बनाउन अोलीलाई धुर्मुसले गरे आग्रह ! - See more at:

जब उपप्रधानमन्त्री बनाउन अोलीलाई धुर्मुसले गरे आग्रह ! - See more at:

Written By kantipur on Monday, November 9, 2015 | 10:52 AM

काठमाडौं, २२ कात्तिक – गत वर्षको गाइजात्रामा सिताराम कट्टेल ‘धुर्मुस’ केपी शर्मा ओली बनेका थिए । धुर्मुसले गरेको आफ्नो नकल हेर्न एमाले अध्यक्ष ओली प्रज्ञा प्रतिष्ठान पनि पुगेका थिए । आइतबार फेरि धुर्मुसले ओलीका अगाडि प्रस्तुति दिए । प्रधानमन्त्रीका रुपमा कार्यक्रममा पुगेका ओलीलाई धुर्मुसले यसपालि मुस्कान पासा बनेर उडाए । नेपालीले सुरु गरेको साजिक सञ्जाल सुगनडटकमको शुभारम्भ गर्न पुगेका ओलीलाई नेवार समुदायको पात्र बनेका सितारामले ‘ज्वाईं’ सम्वोधन गरे । नेवार पोशाकमा सजिएका मुस्कान पासाले हातमा कोट झुन्ड्याएर आएपछि सुन्तलीले सोधिन्– ‘किन चाहिँ नलगाएर किन हातमा लिएको ?’
08112015053713dhurmus-oli-1000x0त्यसको जवाफमा ओलीतिर हेर्दै उनले भने, ‘ज्वार्इं प्रधानमन्त्री हुनु हुन्छ । ६ जना उपप्रधानमन्त्री बनाइसक्नु भयो । मलाई पनि उपप्रधानमन्त्री बन्नु पर्‍यो भनेर बोलाइहाल्नु हुन्छ कि भनेर यो कोट लिएर हिँडेको ।’ आफूलाई गरिएको व्यंग्य सुनेर ओली हाँसे । सुन्तलीले थपिन्, ‘ओली कलाकारलाई धेरै मन पराउनु हुन्छ । उहाँले गत वर्षको हाम्रो फिल्म ‘६ एकान ६’ हेर्नु भएको थियो । यसपटक पनि हाम्रो ‘वडा नम्बर ६’ हेर्नु भयो । दुवै फिल्म सुपरडुपर हिट भए । त्यही भएर ६ नम्बर ठीक लागेर ६ जना उपप्रधानमन्त्री राखेका होलान् ।’ ओली र सँगै रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँगै पूरै हल हाँसोले गुञ्जियो ।08112015053737SAGOON_LAUNCH-(5)-600x008112015053736SAGOON_LAUNCH-(1)-600x008112015053737SAGOON_LAUNCH-(4)-600x0
- See more at: http://www.osnepal.net/112384#sthash.YyzVSQ2V.dpuf
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger