
जन्मिँदा छोरी बनेर जन्मिएका चेलीहरु जब ११/१२ वर्ष उमेरका हुन्छन् तब आफै छोरा बन्दछन् । सुन्दैमा अपत्यारिलो, अनौठो तथा विचित्र लाग्ने यो कुनै कथाको कल्पना होइन, एउटा गाउँको वास्तविकता हो । हो, डोमिनिक गणतन्त्र नामक देशको दक्षिण पश्चिमी इलाकामा पर्ने स्यालिनास नामक गाउँमा केटीहरु किशोरावस्थामा प्रवेश गर्नैलाग्दा आफसेआफ केटा बन्ने गरेका छन् । कुनै अत्याधुनिक लिंग परिवर्तन उपचारका कारण होइन एउटा अनौठो तथा भयानक रोगका कारण गाउँका चेलीहरु बैँश नजाग्दै केटा बन्न बाध्य छन् । गाउँमा केटीहरु आफै केटा बन्ने कुरा यति सामान्य भैसक्यो की अब यसलाई सबैले स्विकार गरिसके र अचम्म मान्न छाडिसके । डाक्टरहरुका अनुसार गर्भावस्थामा हुने आनुंवशिक रोगका कारण बच्चालाई अत्यावश्यक इन्जाइम नपुग्दा यस्तो हुन्छ । गर्भावस्थामा भ्रुणलाई डिहाइड्रोटेस्टेस्टेरोन नामक पुरुष हर्मोन राम्रोसँग उत्सर्जन हुन पाउँदैन । बच्चा जन्मिएर बच्चा एघार बाह्र वर्षको भएपछि मात्र हर्मोन सन्तुलन हुने र बच्चाको लिंगको आकार बढेर बल्ल केटाजस्तो देखिने गर्छ । यद्यपि जन्मिँदा पूर्णरुपमा केटी रहेका बच्चाहरु पछि केटा बन्ने चाहीँ होइन । हर्मोनको गडबडीका कारण कतिपय बच्चामा लिंग नै नपलाउने र लिंग नै नभएका कारण उक्त बच्चा केटा भएपनि बावुआमाले छोरी ठान्ने गरेका हुन् । नठानुन् पनि किन छोराको यौनाग हुने ठाउँमा छोरीको यौनांग जस्तै पिसाब फेर्ने सानो प्वाल मात्र भएपछि । तर जन्मिसकेर उमेर बढ्दै गएपछि उक्त ठाउँमा लिंग पलाउने र पछि पूर्ण आकारको लिंग तयार भैसकेपछि त्यो बच्चालाई पूर्ण छोरा बनेको ठान्ने गर्छन् गाउँलेहरु । अहिले २४ वर्ष उमेर भएका जोनी नामका एक युवक पनि सानोमा केटी थिए । उनको नाम फेलेसिटिया थियो । उनको लिंग नभएका कारण बाआमाले उनी छोरी भएको ठाने । उनलाई छोरीकै कपडा लगाइदिने, छोरीकै खेलौना दिने तथा स्कुलमा पनि केटीकै समूहमा बसालियो । तर पछि उनको लिंग पलाएपछि बुवाआमाले उनी छोरा भएको स्विकारे र नाम बदलिदिए । यो गाउँमा जन्मिने हरेक ९० जना बच्चा मध्ये एउटा बच्चा यस्तो जन्मिने गरेको छ की ऊ जैविक रुपमा केटा भएपनि लिंग नपलाएको कारणले छोरी ठानिन्छ । १२ वर्षको उमेरमा छोरीहरु छोरा बन्ने यो रोगलाई गुएवेडोसेज भनिन्छ । - See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment