
|
वैदेशिक रोजगार विभागले आज एउटा सूचना प्रकाशित गर्दै इजरायल जान इच्छुक र योग्यता पुगेका नेपाली नागरिकलाई आवेदनकालागि आह्वान गरेको हो । नेपाल र इजरायल सरकारबीच गत साउन २२ मा भएको द्विपक्षिय सम्झौता बमोजिम दक्ष केयरगिभर कामदारहरुलाई पाइलट प्रोजेक्ट बमोजिम ३०० जना कामदार इजरायल ल्याउने सहमति अनुसार विभागले यो सुचना जारी गरेको हो ।
नेपाल सरकार र इजरायल सरकारविच भएको सम्झौता अनुरुप केयर गिभर कामदारकोलागि योग्य इच्छुक कामदारले आवेदन दिन सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार आगामी कार्तिक १५ गते तदानुसार १ नोभेम्बर २०१५ भित्रमा विभागमा आवेदक स्वयं उपस्थित भई दरखास्त दिनु पर्ने पनि जनाइएको छ । आवेदन फारम यहाँबाट डाउनलोड गर्न सकिनेछ ।
नेपाल सरकार र इजरायल सरकारविच भएको सम्झौता अनुरुप केयर गिभर कामदारकोलागि योग्य इच्छुक कामदारले आवेदन दिन सक्ने विभागले जनाएको छ ।
विभागका अनुसार आगामी कार्तिक १५ गते तदानुसार १ नोभेम्बर २०१५ भित्रमा विभागमा आवेदक स्वयं उपस्थित भई दरखास्त दिनु पर्ने पनि जनाइएको छ । आवेदन फारम यहाँबाट डाउनलोड गर्न सकिनेछ ।
केयर गिभरको अन्तिम छनौट गर्ने सम्पूर्ण जिम्मेवारी Department of Foreign Employment (DOFE) / Population & Immigration Authority (PIBA) को मात्र हुने भएकोले कुनै पनि इजाजतपत्रवाला म्यान पावर एजेन्सी वा प्रतिनिधि तथा अन्य व्यक्तिसँग सम्पर्क तथा कारोबार नगर्नु हुन पनि विभागले सबैलाई सूचित गरेको छ । साथै छनौटको तरिका र प्रकृया पनि सोही निकायलाई मात्र जानकारी हुने भएकोले अन्यत्रको बहकाउमा नलाग्न पनि आग्रह गरेको छ ।
यो चरण अन्तर्गत प्रथम चरणमा सफलतापूर्वक छनौटमा परेका (अंग्रेजी भाषाको परीक्षामा उत्कृष्टता प्राप्त गरेका र २० घण्टाको व्यवहारिक तालिम सहित ६० घण्टाको थप तालिम सम्पन्न गरेका व्यक्ति इजरायल जान पाउने पनि जनाइएको छ । विभागका अनुसार यो पटक ५० देखि ६० जना योग्य व्यक्ति (८० प्रतिशत महिला र २० प्रतिशत पुरुष) लाई परिक्षणको रुपमा इजरायल पठाइने छ ।
आवेन दिनकोलागि चाहिने पूर्व योग्यताहरु :
१. उमेर २५ बर्षदेखि ४५ बर्ष बित्र हुनुपर्नेछ ।
२. उचाई कम्तिमा १.४ मिटर (करिव ५ फिट ) हुनुपर्नेछ ।
३. तौल कम्तिमा ४५ केजी हुनुपर्नेछ ।
४. नेपाल सरकार श्रम तथा रोजगार मन्त्रायल, वैदेशिक रोजगार प्रवद्धन बोर्डबाट मान्यता प्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको केयरगिभर तालिम वा मान्यता प्राप्त निकायबाट Practical Nursing सफलतापूर्वक सम्पन्न गरी प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ ।
५. Intermediate Level को अंग्रेजी भाषाको ज्ञान र सिप हुनुपर्नेछ ।
६. कम्तिमा दश बर्षको विद्यालय स्तरको अध्ययन (SLC PASSED) हुनुपर्नेछ ।
७. इजरायलमा यस अघि काम गरेको हुनु हुदैन ।
८. उमेदवारका पति/पत्नि, वावु/आमा, तथा बालबालिका इजरायलमा बसोबास गरेको हुन नहुने ।
९. शाररिक र मानसिक तवरले पूर्ण स्वस्थ भएको क्षयरोग, हेपाटाइटिस, सिप्लिस, एड्स जस्ता रोग नलागेको । नेपाल सरकारबाट मान्यता प्राप्त स्वास्थ्य संस्थाबाट निरोगिताको प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
१०. परिस्थिति अनुसार कठिन कामको सामना गर्न र सामान्य गह्रौ बस्तु उठाउन, चलाउन योग्य हुनुहर्नेछ ।
११. प्रहरी प्रतिवेदन
१२. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।
१३. नेपाली राहदानी ।
- See more at:

|
Post a Comment