
काठमाडौँ, २६ भदौ । टीकापुर घटनापछि थारु गाउँका अगुवाका रुपमा चिनिने बडघरहरु त्रसित बनेका छन् । भदौ ७ गतेको आन्दोलनमा गाउँलेलाई बोलाउने काम बडघरहरुले गरेका कुरा बाहिर आएपछि प्रहरीले धरपकड गर्ने डरले उनीहरु त्रसित बनेका हुन् । अधिकांश बडघर घरमा भेटिँदैनन् । उनीहरु पलायन भएपछि गाउँ अभिभावकविहीन जस्तै बनेका छन् ।
थनसिंहपुर ४ झुँगाका बडघर धनबहादुर चौधरीले आफूहरुलाई पक्राउ गर्ने हल्लाले केही दिन निदाउन नसकेको बताए । ‘गाउँमा सुरक्षाकर्मीको गाडी आउँदा डर लाग्छ । केही दिन त घरमै बसिनँ’, उनले भने । उनी अहिले आफूले गलत नगरेको भन्दै घरमै बसिरहेका छन् । छिमेकी गाउँ बौनियाका बडघर रामबहादुर चौधरीको घरमा मध्यरातमा सादा पोसाकमा आएका प्रहरीले आफूलाई नभेटेपछि भाइलाई लगेको उनले बताए, आजको कान्तिपुर दैनिकमा खबर छ ।
- See more at:
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment