Headlines News :
Home » » ३ दलले फकाएरै छाडे राप्रपा नेपाललाई, पुरा पढ्नुहोस्:-

३ दलले फकाएरै छाडे राप्रपा नेपाललाई, पुरा पढ्नुहोस्:-

Written By kantipur on Sunday, September 13, 2015 | 7:30 AM

 संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल संविधान निर्माणका बाँकी प्रक्रियामा सहभागी हुने भएको छ । संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको घोषणा गरेको राप्रपा नेपालले प्रमुख दलसँग वार्ता गरेपछि फर्कने निर्णय गरेको हो । केन्द्रीय कार्यसमितिको शनिबार बसेको बैठकमा अध्यक्ष कमल थापाले संविधान निर्माणको बाँकी प्रक्रियामा सहभागी हुने प्रस्ताव राखेका थिए ।

थापाको प्रस्ताव सर्वसम्मतिले पारित भएको पार्टी सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । प्रमुख तीन दलले चौथो शक्तिलाई जनताले दिएको एजेन्डा निषेध गरेको भन्दै राप्रपा नेपालले गत बुधबार संविधान निर्माण प्रक्रियाबाट बाहिरिने घोषणा गरेको थियो । सभामुख सुवास नेम्वाङलाई लिखित पत्र बुझाएर सो पार्टी बाहिरिएको थियो । तर, प्रमुख तीन दलका शीर्ष नेताहरूले शुक्रबार थापालाई भेटेर राप्रपा नेपालले संविधानसभामा उठाएका एजेन्डा छलफलमा लैजाने प्रतिबद्धता गरेका थिए ।

प्रधानमन्त्री सुशील कोइरालाले पनि शुक्रबार नै पत्र पठाएर संविधानसभा नछाड्न आग्रह गरेका थिए । ‘पार्टीले उठाएको मुद्दा संविधानसभाभित्रै संघर्ष गरेर स्थापित गर्न संविधान निर्माण प्रक्रियामा सहभागी हुने निर्णय बैठकले गरेको छ,’ राप्रपा नेपालका सहप्रवक्ता श्रेष्ठले भने, ‘ जनताको सर्वोच्चता र प्रजातन्त्रमा विश्वास राख्ने जिम्मेवार राजनीतिक दल भएका कारण विधि र प्रक्रियाभन्दा अलग रहन नसकिने निष्कर्षमा बैठक पुगेको हो ।’ श्रेष्ठका अनुसार बैठकले संविधानमा पार्टीले राखेको संशोधन प्रस्ताव रक्षाका लागि संविधानसभालाई भरपुर उपयोग गने निर्णयसमेत गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसैगरी, बैठकले मधेसमा चर्किएको आन्दोलनलाई सरकारले नजरअन्दाज गर्न नमिल्ने निष्कर्ष निकाल्दै संविधान जारी हुनुअघि नै तराईमा देखिएको समस्या समाधान गर्न माग गरेको छ । तराईमा देखिएको समस्याको समाधान नखोजी संविधान जारी गरिए मुलुक दीर्घकालीन द्वन्द्वमा जानसक्ने खतरा बढेको बैठकको निष्कर्ष पनि राप्रपा नेपालको छ । संविधान निर्माणको प्रक्रिया केही समय रोकेर भए पनि मधेस समस्या समाधान गर्न सो पार्टीले आग्रह गरेको छ ।
बैठक आइतबार पनि बस्ने भएको छ । आइतबारको बैठकमा संविधानसभाबाहिर पार्टीले उठाउँदै आएका एजेन्डालाई कसरी स्थापित गर्ने भन्ने विषयमा छलफल गरी दबाबमूलक संघर्षका कार्यक्रम घोषणा गर्ने श्रेष्ठले जानकारी दिए । राप्रपा नेपालले नयाँ संविधानमा हिन्दूराष्ट्र उल्लेख गर्नुपर्ने, संवैधानिक राजतन्त्र राख्नुपर्ने, स्थानीय निकाय बनाउनुपर्ने माग राख्दै संशोधन प्रस्ताव दर्ता गरेको छ ।


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger