Headlines News :
Home » » वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको नेताहरु प्रति यस्तो गम्भीर आरोप (भिडियो सहित) - See more at:

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको नेताहरु प्रति यस्तो गम्भीर आरोप (भिडियो सहित) - See more at:

Written By kantipur on Saturday, September 12, 2015 | 1:41 PM

मिडिया एनपी, काठमाडौं । राजनीतिक दलहरुले जनतालाई भोट बैंक बनाउन खोज्दा अहिले नेपाल टुक्रे मुलुकमा परीणत हुन खोजेको वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आरोप लगाएका छन् । बुधबार मिडिया एनपीसँग कुरा गर्दै उनले नागरिकलाई भोट बैंक बनाउन विभिन्न आश्वासन दिएका नेताहरुका कारण अहिले मुलुक जातीयता, क्षेत्रीयता लगायतका द्वेष भावनामा जकडिएको आरोप लगाए । आफूहरुले सधैं सञ्चार माध्यमहरुको र प्रतिपक्षको भूमिका निर्वाह गरेको बताएका कलाकार श्रेष्ठले अहिले मुलुक नूनबेसी भएको तरकारी जस्तो भएको टिप्पणी गरे ।
हरेक कुराको सीमा हुने भन्दै उनले नूनबेसी भएको तरकारी जस्तै वर्तमान राजनीतिलाई तुलना गरेका हुन् । नेताहरुको तानाशाहीपनले देश ध्वस्त हुन सक्ने चेतावनी दिएका वरिष्ठ कलाकार श्रेष्ठले मुलुक जोगाउन लोकतन्त्र नै आवश्यक रहने बताए । सञ्चार माध्यमको भूमिका सशक्त रहँदा नेताहरु केही मात्रामा भएपनि जिम्मेवार बन्न सकेका भन्दै उनले आफूहरुले पनि विभिन्न तरिकाबाट सञ्चारमाध्यमको भूमिका निर्वाह गरेको बताए । पञ्चायतकाल देखि अहिले सम्म आफूहरुले प्रतिपक्षको जस्तो भूमिका निर्वाह गरेर सबैलाई सचेत र जागरुक गराएको उनको भनाइ छ । वरिष्ठ कलाकार श्रेष्ठसँग उनको बाल्यकाल, प्रेम प्रसङ्ग, आरोहअवरोह लगायतका अन्तरङ्ग भिडियो अन्तर्वार्ता केही दिनमै प्रकाशित गर्ने छौं ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger