Headlines News :
Home » » धर्मसंकटमा दिपिका.............

धर्मसंकटमा दिपिका.............

Written By kantipur on Wednesday, September 9, 2015 | 7:56 AM

भाद्र २३, २०७२- शाहरूख खानसँग रिल लाइफमा काजोल सबैभन्दा नजिककी मानिन्छिन् । ‘कुछ कुछ होता है’ जोडीलाई पर्दामा देख्न चाहने अन्य जोडीमा भन्दा धेरै छन् । यति बेला ‘दिलवाले’ मा यो जोडी पुन: देखा पर्दै छ । काजोलपछि शाहरूखको रुचाइएको जोडीमा पर्छिन् दीपिका पादुकोण ।
पछिल्लो समय दीपिकाको ‘बाजीराव मस्तानी’ शाहरूखको ‘दिलवाले’ सँगै जुध्ने भएपछि दुईबीच केही असमझदारी पनि उत्पन्न भएको थियो ।

८ वर्ष भित्रमा शाहरूखसँग तीन–तीन फिल्ममा देखिने मौका पाएकी दीपिकाले यतिबेला शाहरूखसँगको पहिलो भेट सम्झिएकी छन् । डेब्यु फिल्म ‘ओम शान्ति ओम’ खेल्ने क्रममा निर्देशक फराह खानले उनलाई शाहरूखसँग चिनापर्ची गराउन शाहरूखको निवास पुर्‍याएकी थिइन् ।
उनले भनेकी छन्, ‘जब मन्नत (शाहरूखको निवास) को गेटबाट हामी भित्र जाँदै थियौं, त्यस बेलाको दृश्य अझै पनि मेरो दिमागमा ताजै छ ।’ उनी नर्भस भएकी थिइन् रे ।
उनै दीपिका यतिबेला भने शाहरूखसँग बनेको सम्बन्धलाई सधैं घनिभूत बनाइरहन बढी चिन्तित हुन्छिन् रे । त्यसो त ‘ओम शान्ति ओम’ पछि दीपिकाले फराहको वास्तै गर्न छाडिदिएपछि उनी दीपिकासँग रिसाएको भन्ने खबर पनि दीपिकाले नपढेकी हैनन् ।
‘तर मलाई थाहा छ, त्यो तहका मान्छेलाई मेरा कारण अनाहकमा डिस्टर्ब गरिरहनु ठीक होइन,’ उनले भनेकी छन्, ‘उहाँहरूले बेलाबखत मलाई ‘बेबी, केही समस्या पर्‍यो भने संकोच नमानी भन है, भनेर
ढाडस दिइरहनुहुन्छ ।’
दीपिकाले आफू शाहरूखमा एकदमै धेरै डिपेन्डेन्ट रहेको पनि सुनाइन् । आखिरमा दीपिकालाई बलिउड भित्र्याउने श्रेय पनि त उनैलाई जान्छ । शाहरूखले नै होम प्रोडक्सनमा दीपिका जस्ती न्यु कमरलाई विश्वास गरेका थिए । अब उनै ‘गडफादर’ सँग फिल्म जुध्ने भएपछि दीपिका धर्मसंकटमा परेकी छन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger