Headlines News :
Home » » २६ थपिँदा कहाँ कति नगरपालिका ?

२६ थपिँदा कहाँ कति नगरपालिका ?

Written By kantipur on Saturday, September 19, 2015 | 1:43 PM

  • धनगढी सुदूरपश्चिमको पहिलो उपमहानगर
  • काठमाडौं उपत्यका गाविसविहीन
  • अब १ महानगर, १२ उपमहानगरसहित २१७ नगरपालिका, ३१५७ गाविस
कान्तिपुर संवाददाता, काठमाडौं
आश्विन १, २०७२- सरकारले थप २६ वटा नगरपालिका घोषणा गर्नुका साथै १० वटा नगरपालिकाको क्षेत्र विस्तार गरेको छ ।  मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले धनगढी नगरपालिकामा फूलबारी र उर्मा गाविसलाई जोडी  उपमहानगरपालिका घोषणा गरेको छ । धनगढी सुदूर पश्चिमकै पहिलो उपमहानगर भएको छ । धनगढी ७ नं. प्रदेशमा पर्छ ।
नयाँ घोषणासँगै मुलुकमा एक महानगर, १२ उपमहानगरसहित नगरपालिकाको संख्या २ सय १७ वटा पुगेको छ । यसअघि १ सय ९१ वटा नगरपालिका थिए । ९८ वटा गाविसलाई गाभेर २६ नयाँ नगरपालिका बनाइएको हो भने विस्तारित नगरपालिकामा २१ वटा गाविस गाभिएका छन् । यसअघि ३ हजार २ सय ७६ गाविस रहेकामा अब घटेर ३ हजार १ सय ५७ वटा कायम भएका छन् ।
घोषित नयाँ नगरपालिकामा गौरादह (झापा), लालीगुराँस (तेह्रथुम), हनुमाननगर योगिनीमाई (सप्तरी), सुखिपुर (सिराहा), धनगढीमाई (सिराहा), बज्रबाराही (ललितपुर), कालिका (चितवन), राप्ती (चितवन), बरहथवा (सर्लाही), भानु (तनहुँ), आँबुखैरनी (तनहुँ), मध्यबिन्दु (नवलपरासी), भृकुटी (कपिलवस्तु), भिर्काेट (स्याङ्जा) छन् ।
यसैगरी राइनास (लमजुङ), करापुटार (लमजुङ), मध्यनेपाल (लमजुङ), भेरीमालिका (जाजरकोट), चौरजहारी (रुकुम), बागचौर (सल्यान), शुभाघाट गंगामाला (सुर्खेत), कमलबजार (अछाम), बेलडाँडी (कञ्चनपुर), कृष्णपुर (कञ्चनपुर), बबई (बर्दिया) नगरपालिका घोषणा भएका छन् ।
ललितपुरमा बज्रबाराही नगरपालिका घोषणा भएपछि काठमाडौं उपत्यका गाविसविहीन हुन पुगेको छ । यसअघि नगरपालिका घोषणा हुँदा उपत्यकाभित्र पर्ने ललितपुरका चार गाविस चापागाउँ, झरुवारासी, ठेचो र लेलेमात्र बाँकी थिए । यिनलाई एउटामा गाभेर नगरपालिका घोषणा गरिएपछि उपत्यका गाविसविहीन भएको हो । काठमाडौं र भक्तपुर यसअघि नै गाविसविहीन भइसकेका छन् ।
गाविस जोडी क्षेत्र विस्तार गरिएका नगरपालिकामा कैलालीको धनगढीसहित बाँकेको नेपालजगन्ज (उपमहानगर), काभ्रको धुलिखेल, सुर्खेतको घोडाघाडी, महोत्तरीको जलेश्वर, रूपन्देहीको लुम्बिनी सांस्कृतिक र तिलोत्तमा, चितवनका चित्रवन र खैरहनी, लमजुङको बेंसीसहर र बाराको कलैया छन् ।
स्थानीय विकास मन्त्रालयले मन्त्रिपरिषदमा २८ वटा नगरपालिका घोषणा गर्न गरेको स्याङ्जाको गल्याङ र तनहुँको भिमादसमेत थिए । कांग्रेस र एमालेबीचको विवादले ती दुई नगरपालिका घोषणा हुन सकेनन् । कांग्रेसले भिमादमा एमालेको पकड हुने गरी गाविसलाई गाभिएको र एमालेले गल्याङमा कांग्रेसको प्रभुत्व हुने गरी गाविस गाभिएको भनेर विवाद गरेपछि यी दुइटाका हकमा तत्काललाई नगरपालिका घोषणा हुन नसेको हो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger