Headlines News :
Home » » उपप्रधानमन्त्री बनेपछि विजयकुमार गच्छदारले यसो भने..... पुरा पढ्नुहोस् :

उपप्रधानमन्त्री बनेपछि विजयकुमार गच्छदारले यसो भने..... पुरा पढ्नुहोस् :

Written By kantipur on Monday, October 19, 2015 | 1:15 PM

काठमाडौँ, २५ असोज । नवनियुक्त उपप्रधानमन्त्री विजयकुमार गच्छदारले तराई–मधेसमा जारी आन्दोलनका माग सम्बोधनका लागि सङ्घीयताको संरचनामा हेरफेरसहित संविधान संशोधन गरिने बताउनुभएको छ ।
आज राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उहाँले मधेसी, थारू र जनजातिसँगको छलफलमा आवश्यकताअनुसार सङ्घीयताको सङ्ख्या र सीमामा हेरफेर गरिने र अन्य मागलाई पनि छलफलबाट सम्बोधन गरिने बताउनुभयो ।
संविधानमा संशोधनका लागि सरकार गठनपूर्व नेकपा (एमाले), एकीकृत नेकपा(माओवादी) र आफ्नो पार्टी मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बीच आठबुँदे सहमति भएको स्मरण गराउनुभयो ।
उहाँले संविधान जारी गर्नुपूर्व प्रमुख तीन दलका बीचमा भएको १६ बुँदे सहमतिको मर्मअनुसार संविधान संशोधन हुने जनाउनुभयो । सो सहमतिमा आठ प्रदेशमा जाने उल्लेख थियो भने नयाँ संविधानमा सात प्रदेशको व्यवस्था गरिएको छ ।
गच्छदारले संविधान संशोधनमा नेपाली काँग्रेसको पनि सहमति हुने जिकिर गर्नुभयो ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger