Headlines News :
Home » » नेपालीको रोजाइमा १५० सीसीको बाइक कुन कम्पनिको कति रेट सुची सहित - See more at:

नेपालीको रोजाइमा १५० सीसीको बाइक कुन कम्पनिको कति रेट सुची सहित - See more at:

Written By kantipur on Saturday, October 10, 2015 | 1:12 PM

नेपाली उपभोक्तामाझ १५० सीसीको बाइकहरु निकै लोकप्रिय रहेको देखिन्छ । औषत मूल्य, उच्च माइलेज, पावरफुल, स्टाइलिस लगायतका गुणले भरिपूर्ण हुने हुँदा १५० सीसीका बाइकमा यूवाहरु तानिएका हुन् ।
नेपालमा उपलब्ध अधिकांश ब्रान्डले यो सेगमेन्टका बाइकहरु भित्राएका छन् । खासगरी नेपालमा होन्डा, बजाज, हिरो, सुजुकीका १५० सीसी बाइक लोकप्रिय रहेका छन् । यामाहाको ‘एफजेड’ सेगमेन्ट १५३ सीसीको भएपनि यही क्याटगरीमा पर्दछ ।
Yamaha-R15
सेगमेन्टमा बजाजको पल्सरले लिड गरिरहेको नेपाली बिक्रेता एचएच बजाजकी मार्केटिङ प्रमुख पुनम सिंह बताउँछिन् । ‘यो सेगमेन्टलाई हामी कम्यूटर सेगमेन्ट भन्छौं, यो इन्टि्र लेवलमा पनि पर्दैन, प्रिमियम लेवलमा पनि पर्दैन’ उनले भनिन्- ‘बीचको सेगमेन्ट भएको हुँदा १५० सीसीको बाइक सबैको लोकप्रिय बनेको हो ।’
हरेक उमेर समूहका व्यक्तिले सहजै चलाउन सकिने हुँदा पनि यो सेगमेन्ट सर्वाधिक रोजाईमा पर्न सफल भएको व्यवसायी बताउँछन् । खासगरी युवाहरुले पावर र स्टाइललाई विशेष ध्यान दिने हुँदा सस्तो मूल्यमा पावरफुल र आकर्षक डिजाइनको बाइक पाइने हुँदा यो सेगमेन्ट रोज्ने गरेको सिंहले बताइन ।
Capture
कुन ब्राण्डको कति मूल्य ?
Capture
नेपालमा यो सेगमेन्टमा बजाजका २, होन्डाको ३, हिरोका ४, यामाहाको ५, सुजुकीको २ वटा मोडल उपलब्ध छन् । अन्य ब्रान्डले पनि यो सेगमेन्ट बाइकमा विशेष ध्यान दिन थालेको देखिन्छ । अमेरिकन ब्रान्ड युएमले पनि १५० सीसीको बाइक भदौमा हुने अटो-शोमा सार्वजनिक गर्दैछ ।
यो सेगमेन्टको बाइक लोकप्रिय हुनुको कारण मध्यम रेञ्ज, खाल्डाखुल्डी बाटोमा पनि खासै समस्या नआउने, उच्च माइलेज लगायतका कारण रहेको हिरोका मार्केटिङ प्रमुख दिनेश रत्न बज्राचार्य बताउँछन् । नेपालमा वाषिर्क डेढ लाखको हाराहारीमा बाइकहरु आयात हुने गर्छन । जसमध्ये एक चौथाई बाइकहरु यही सेगमेन्टको हुने गर्छ ।
Honda-CB-Unicorn
विदेशमा १५० सीसी सेगमेन्टका मोटरसाइकल हाइवेमा चलाउन नपाइने भएपनि नेपालमा यो सेगमेन्टका मोटरसाइकल ज्यादै लाकप्रिय रहेको छ । धेरै सीसीका मोटरसाइकल चलाउनका लागि नेपालमा उपयुक्त बाटो नभएकाले पनि यो सेगमेन्टका मोटरसाइकल युवाहरुको रोजाइमा परेको बजाजकी मार्केटिङ प्रमुख सिंहको भनाइ छ ।
पछिल्लो समय सहरमा मात्र नभई ग्रामिण इलाकामा समेत सडक विस्तार व्यापक रुपमा भइरहेकाले त्यहाँका बासिन्दाले समेत १५० सीसी रेन्जका बाइक रोज्ने गर्छन् । युवा पुस्तामा मात्र नभई अफिसियल प्रयोगकर्ताहरुले समेत सोही रेन्जका मोटरसाइकल रोज्ने गरेको पाइन्छ ।
Pulsar-As150- (1)
विदेशमा १५० सीसी सेगमेन्टका मोटरसाइकल हाइवेमा चलाउन नपाइने भएपनि नेपालमा यो सेगमेन्टका मोटरसाइकल ज्यादै लाकप्रिय रहेको छ । धेरै सीसीका मोटरसाइकल चलाउनका लागि नेपालमा उपयुक्त बाटो नभएकाले पनि यो सेगमेन्टका मोटरसाइकल युवाहरुको रोजाइमा परेको बजाजकी मार्केटिङ प्रमुख सिंहको भनाइ छ ।
पछिल्लो समय सहरमा मात्र नभई ग्रामिण इलाकामा समेत सडक विस्तार व्यापक रुपमा भइरहेकाले त्यहाँका बासिन्दाले समेत १५० सीसी रेन्जका बाइक रोज्ने गर्छन् । युवा पुस्तामा मात्र नभई अफिसियल प्रयोगकर्ताहरुले समेत सोही रेन्जका मोटरसाइकल रोज्ने गरेको पाइन्छ ।
yamaha-fzs
‘१५० सीसी भन्दा माथिका बाइक हेर्दा आकर्षक लागे पनि हेभी हुने भएकाले चलाउन गाह्रो हुन्छ । त्यसमाथि माइलज समेत कम दिने हुँदा मध्यम स्तरको बाइकमा सबैको आँखा लागेको व्यवसायीको भनाई छ ।
मध्यम वर्गीयहरुले यो सेगमेन्टका बाइक चढ्नुलाई ‘स्टाटस सिम्बोल’को रुपमा समेत हेर्ने गर्छन । सय सीसीसमम्मका मोटरसाइकल चढ्दै आएका युवा तथा अर्धबैंसेले १५० सीसी सेगमेन्टकै मोटरसाइकल रोज्न थालेका छन् ।
suzuki-gs150r
Honda-CB-Trigger- Honda-CB-Unicorn
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger