Headlines News :
Home » » प्रहरी चौकी बाहिर दलित परिवारको निर्वस्त्र प्रदर्शन>>>

प्रहरी चौकी बाहिर दलित परिवारको निर्वस्त्र प्रदर्शन>>>

Written By kantipur on Monday, October 19, 2015 | 12:56 PM


dalit
नेपालमा मधेशी लगायतका वर्गले उचित अधिकार नपाएको निहुँमा नाकाबन्दी गर्दै आएको भारतले आफ्ना नागरिकहरुलाई कत्तिको अधिकार दिएको रहेछ भन्ने कुरा पछिल्लो घटनाले प्रष्ट पारेको छ ।
प्रहरीले चोरीको घटनामा उजुरी दर्ता गर्न नमानेको भन्दै उत्तर प्रदेशमा एक दलित परिवारले निर्वस्त्र भएर प्रदर्शन गर्नुपरेको छ ।
प्रहरीको विभेद विरुद्ध नांगिएका दलित परिवारले प्रहरीले न्याय दिनुको साटो उल्टै अश्लीलता प्रदर्शन गरेको आरोपमा पक्रिएको छ ।उत्तर प्रदेशको गौतम बुद्ध नगरस्थित दनकौर क्षेत्रमा गत बिहिबार दलितहरुले निर्वस्त्र प्रदर्शन गरेका थिए । ग्रेटर नोएडा पुलिसले आफुहरुको लुटपाटको उजुरी दर्ता गर्न नमानेको भन्दै दलित परिवारका ३ महिला तथा २ पुरुषले प्रहरीले विरुद्ध निर्वस्त्र प्रदर्शन गरेका थिए । स्थानीय दलित पुरुष सुनिल गौतम आफ्नोमा चोरी गरेको आरोपमा बिहिबार छिमेकी महाविर विरुद्ध पुलिस चौकीमा उजुरी दर्ता गर्न गएका थिए ।
उनीसँगै उनकी श्रीमती र परिवारका अन्य सदस्य पनि पुलिस चौकी गएका थिए ।
तर प्रहरीले उनीहरुको उजुरी दर्ता गर्न मानेन र उल्टै महाविरलाई संरक्षण गर्न थाल्यो । यसको विरोधमा पुलिस चौकी बाहिर गौतम, उनकी श्रीमती तथा परिवारका अन्य सदस्यले एकाएक कपडा फुकालेर नांगिए र नाराबाजी गरे ।
प्रहरीले भने महाविर विरुद्ध उजुरी दर्ता भैसकेको र उसको खोजी भैरहेको भन्दै गौतम र उनका परिवारले पुलिसको बन्दुक खोसेर हातपात गर्न खोजेको र चौकी बाहिर आएर नांगिएर तमासा गर्न थालेपछि पक्राउ गरेको दाबी गरेको छ ।
दलित परिवारले केहीबेर निर्वस्त्र प्रदर्शन गरे र केहीबेरमै प्रहरीले उनीहरुलाई पक्राउ गर्यो । तर त्यतिन्जेल त्यहाँ जम्मा भएका मानिसहरुले त्यो दृश्य क्यामरामा कैद गरिसकेका थिए । जुन इन्टरनेटमा अपलोड भएपछि निकै भाइरल बनेको छ ।
- See more at: 
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. KANTIPUR12.COM - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger